२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सदरमुकाममै पटक–पटक चोरी

खोटाङ – खोटाङ सदरमुकाम दिक्तेलमा  श्रृंखलाबद्ध चोरीका घट्ना बढेको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेको बीचमा रहेका दिक्तेलबजारमा गत साउन यता चार पटक चोरीका घट्ना भइसकेका छन्।

अघिल्ला घट्नाको दोषी पत्ता नलाग्दै पुःन बिहीबार राती दिक्तेलका दुई पशलको ताला फोडेर चोरी भएको छ। दिक्तेलबजारका व्यवसायी गुणराज शैंजू र दिबेश चौधरीको किराना पशल चोरी भएको हो। चौधरीको नगद १२ हजार, ६ बोतल बियर र ६–७ प्याकेट चुरोट तथा सैंजूको एक हजार चोरी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले बताए। यस्तै, दिक्तेलस्थित लालुपाते सहकारी संस्था, निदेश दाहालको मोबाइल पशल र सरोज बिकको मोबाइल पशलको ताला फोडिएको छ।

साउन २८ गते दिक्तेल अम्बागाछीस्थित रमेश बिकको न्यू हलेसी सुनचाँदी पशलबाट ताला फोडेर ४ आना सुन र ४० तोला चाँदी चोरी भएको थियो। यस्तै, भदौ ६ गते जिल्ला अस्पताल खोटाङमा कार्यरत स्टाफनर्स संगीता जवेगुको ल्यापटप र चेकबुक तथा भदौ १४ गते दिक्तेलस्थित सरस्वती माविको ताला फोडेर ग्याँस चुलो, इन्टरनेटको राउटर लगायतका सामान चोरी भए थियो।

श्रृंखलाबद्ध चोरी भइरहेपनि अहिलेसम्म प्रहरीले घर, पशल तथा विद्यालय चोरीमा संलग्न दोषी पत्ता लगाउन सकेको छैन। दुई वर्षअघि पनि न्यू हलेसी सुनचाँदी पशलसँगै रहेको मोबाइल पशल ताला फोडेर चोरी भएको थियो। उसबेला ताला बङ्याइएको भए पनि ताला नतोडिँदा सुनचाँदी पशल चोरीबाट जोगिएको थियो।

प्रकाशित: १६ चैत्र २०७४ ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App