२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

डोल्पा सदरमुकाम पाँचौ दिन ठप्प

डोल्पा – ठुलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएको बिरोधमा डोल्पा सदरमुकाम पाँचौ दिनपनि ठप्प रह्यो। दुनैवासीको आन्दोलनले यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। 

सदरमुकाम आसपासका शैक्षिक संस्था पूर्णरुपमा बन्द छन्। चैत ८ गतेबाट सञ्चालन हुने एसइईको परीक्षाका लागि तयारी कक्षा लिइरहेका विद्यार्थीहरु आन्दोलनकै कारण कक्षा बन्द भएपछि प्रभावित बनेका छन्। 

पाँचौ दिनको लगातार बन्दका कारण सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तु किनमेल गर्न समस्या भइरहेको छ। दुनैमा किराना पसल सञ्चालन गरेर बसेका जीवन पौडेल आन्दोलनले गर्दा ब्यापार ब्यवसाय चौपट भइरहेको बताउँछन्। 

आन्दोलनकै कारण सदरमुकाम दुनैवासी जुफाल आउन डराउने र जुफालवासी दुनै जान डराइरहेको अवस्थाले आवतजावत पनि ठप्प छ। दुनैमा रहेको नगरपालिकाको केन्द्र फागुन १६ गते जुफालमा कायम गरिएको सूचना राजपत्रमा प्रकाशितपछि खुसियाली भएका जुफालवासी पनि दिर्घकालिन रुपमा केन्द्र कायम राखेर अस्तित्व बचाई राख्नको लागि दिनहुँ जसो कुटनीतिक छलफल र भेलामा केन्द्रित छन्। 

प्रकाशित: २१ फाल्गुन २०७४ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App