२७ आश्विन २०८१ आइतबार
image/svg+xml

भाकल

मालतीले छोरीको अनुहारमा हेरिन् । उनलाई लाग्यो कति अबोध छे छोरी। उनले छोरीको टाउको सुम्सुम्याउँदै भनिन– छोरी जन्मोस् भनेर कसैले भाकल गर्दैनन् छोरी !

फेसबुकभरि देखिन्छ खानेकुरा मीठो

फेसबुकभरि देखिन्छ खानेकुरा मीठो खोज्न जाउँ कि बनमा भ्याकुर गिठो थाहा छैन हामी त के खाएर बाँच्ने हो आफ्नो भने घरमा छैन एक चिम्टी पिठो ।

रित्तिएको हृदय

नेपाल पहिलाको जस्तो छैन । विकसित भैसक्यो । टुरिस्ट गाइडको कुरा सुनेर उनी हाँस्न थाले । जोन क्यानोरीले उकालोमा सुस्केरा हाल्दै भने– नेपालीहरूले पैसा कमाए पनि गरीब भएछन् । हृदय रित्तिएछ । प्रभाव अग्रगमनकै होला।

मेरो साथी यस्तो होस्

मेरो मनको साथी यस्तो होस् मेरा आँखा पढेर मेरो मनको भाव बुझोस् मलाई हेरेर बिहानीको सूर्यजस्तै मुस्कुराओस् मेरो हरखुसीको कारण बनोस् मेरो मनको साथी यस्तो होस् मनभित्र प्यारको आंधी –हुरी चलाओस् तर, बाहिरी दुनियाँलाई सुनामी छाल नदेखाओस् मेरो मनको साथी यस्तो होस् चुपचाप प्रेम गरोस् मेरो बद्नाम नगरोस् !

नेता अधर्मी किन

धर्मात्मा जनता छ किन्तु उसको नेता अधर्मी किन सत्कर्मी जनता छ किन्तु उसको नेता कुकर्मी किन नेपाली जन भावना बुझिदिने बन्दैन नेता किन मैले ईश्वर मान्छु, पुज्दछु भनी भन्दैन नेता किन ।।

लतमा साथ

केही समय यता कामको कारणले प्रेमदेव अर्को जिल्लामा गएका थिए । उनलाई राम्रो आचरणका हाकिमसँगै बस्नुपरेको थियो । प्रेमदेवको आदत बदलियो । उनी हिजोआज जवान छोराछोरीप्रति ध्यान नपुगेको सोच्थे । जिम्मेवारी बोधले निद्रा लाग्दैनथ्यो । उनले चिन्तित भएर बेलुका घरमा फोन गरे ।

सह अस्तित्व

बाघले बाख्रालाई विश्वास दिलाउँदै भन्यो – भोभो डराउनु पर्दैन। भोक नलागुन्जेल म तिमीलाई खान्न। बाख्रो खुसी भयो र बाघसंग मित्रता गाँस्न तयार भयो। बाख्राले बाघजस्तो बलियो जनावरको साथी हुन पाएकोमा कताकता गौरव महसुुस गर्यो ।

विवाहको निम्तोमा सम्बन्ध चिसाएर गई

अचम्म लाग्छ हाँस्दाहाँस्दै रिसाएर गई, नम्बरी सुनमा उल्टै पित्तल मिसाएर गई । जाडोले काँप्दा मायाको सिरक ओढाएथें, विवाहको निम्तोमा सम्बन्ध चिसाएर गई।

फूलको जोवान बारम्बार आउँछ मान्छेको एकैबार

वारि नै रह्यो जीवनको डुङ्गा भएन नदी पार, फूलको जोवान बारम्बार आउँछ मान्छेको एकैबार । बगेर गयो खहरे खोला , फाल हान्दै बगर, जे गरे पनि नपुग्ने रैछ यो मनको रहर। उकाली बाटो थकाइ लागे बिसाउने चौतारी, खोजेर कतै नपाइने रैछ मन मिल्ने दौतरी । कर्मको खेल दैवको झेल मान्छेको जिन्दगी, कसैको छैन राजीनाम पास सबैको बन्धकी।

जीवन दान

मालिक, मलाई निक्कै गाह्रो भएको छ । अब म धेरै बाँच्दिन होला । मैले मेरो जीवनको आधाभन्दा बढी उमेर तपाईंको सेवा गरें । आजसम्म मैले जति सके गरें । हरेक पटक तपाईंको चित्त बुझाउन सकिन होला । माफी चाहन्छु ।

खेल मैदान

आम हडताल देश बन्द गरी खानेको चुलो बन्द सद्बुद्धि खुल्ने दिमागको मुहानै बन्द । न्याय मूर्तिहरूको अलमल आयोगका आयुक्तहरूको अलमल तमासे जनताहरू सबै झनै अलमल। छद्मभेषी रेफ्रीको हुसिल बज्यो खेलमैदान बाहिरै भकुन्डो गुडयो हुरे गोलपोस्टविना नै गोल ! खेल मैदान ।

व्यवहार

बिचरो गोरे तिर्मिराउँदै ढल्यो । त्यो अप्रत्यासित रोद्र रूप देखेका कलिला उनकै बालबालिकाले तुरुक्क आँसु चुहाउँदै मुखियालाई त्यसो नगर्न अनुरोध गरिरहे।

बसाइ छ टाढा

बसाइ छ टाढा, बस्यो माया गाढा, भेट कहिले नहुने , त्यो मिठो बोली, त्यो भद्र स्वभाव, सम्झदा मन छुने । पहाडको गाउँमा हरियाली ठाउँमा मन त्यसै रमाउने, सभ्य र भद्र त्यो तिम्रो बानी देख्दा नै दंग हुने। कलकल गर्दै बग्ने ती खोला, मधुर धुन दिँदै, सुनेर तिमी रमेकी हौली, आनन्द खुब लिदै।

शुभ – अशुभ

ऐनाको त्यो आवाजले कोठामा रहनुभएकी सासू आमा बाहिर निस्किनुभयो। ऐनाका टुक्रा हेर्दै भन्नुभयो – हेरहेर, यस्तो सिसा फुटाएर । यो त अशुभ समाचारको लक्षण हो। अहिलेसम्म मैले यस्ता अशुभ हुनबाट घरपरिवार बँचाएर राखेकी थिएँ। अरूलाई त के चासो !

एउटा समाधिका लागि

एकाबिहानै आउँछन् सागका भारीहरू के भारी भन्नु बाँधिएका छन् परिबन्धमा हाम्रै जीवनका परिधिझैं । सोलीमा बदाम बेच्छन् या आफ्नो दुखलाई साँघुरो पार्छन् कागजको सोलीजस्तै तर, दुख सोलीको मुखजस्तै बढ्दै जान्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्