२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

विवाहको निम्तोमा सम्बन्ध चिसाएर गई

मुक्तक

         १)

अचम्म  लाग्छ  हाँस्दाहाँस्दै रिसाएर गई,

नम्बरी  सुनमा उल्टै  पित्तल मिसाएर गई ।

जाडोले काँप्दा मायाको सिरक ओढाएथें,

विवाहको निम्तोमा  सम्बन्ध चिसाएर गई।

                   

         २)  

मायालु  यो तन अझ यो मन तिम्रै हो,

सुस्त  गतिमा चल्ने  धड्कन तिम्रै हो ।

पहिलो नजरमै भुइँचालो गयो दिलमा,

यो मुटु हल्लाउने पराकम्पन तिम्रै हो।

                       

        ३)

बिरुवा  अनुसारको  मौसमी फल फल्नुपर्थ्यो,

भ्रष्टलाई  संरक्षण दिए कालोमोसो दल्नुपर्थ्यो ।

गाईजात्रे शैलीमा सरकारले प्रशासन  चलाउँछ,

नीति नियमानुसार त सरकार पनि चल्नुपर्थ्यो।

                     

         ४)

वाह  नेताजी तपाईंले गजबको काम गर्नुभो,

कागती सम्झेर संविधानको भावना निचर्नुभो ।

तपाईं  त  पुग्न खोज्नुहुन्थ्यो माथि धेरैमाथि,,

तर, खङ्गारिदै मध्यावधि निर्वाचनमा झर्नुभो।

                     

        ५)  

समृद्धि  ल्याउँछौं  भन्दै  व्यर्थ चर्को नारा लाउने  हुन्,  

विकासको नाममा देशको ढुकुटी सारा सकाउने हुन् ।

एकताको नाटक खुब मञ्चन भो देशको रंगमञ्चमा,  

जो  आए पनि  उनै भ्रष्ट्राचारी ज्यानमारा आउने हुन् ।

प्रकाशित: २८ माघ २०७७ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App