२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बङ्गलादेशविरुद्धको टी–२० सिरिजमाथि भारतको क्लिनस्विप

बङ्गलादेशविरुद्धको टी–२० सिरिजमाथि भारतले क्लिनस्विप गरेको छ।

शनिवार भएको तेस्रो तथा अन्तिम टी-२० खेलमा भारतले बङ्गलादेशलाई १३३ रनले हराउँदै सानदार जितसहित सिरिजमाथि क्लिनस्विप गरेको हो।

हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै भारतले निर्धारित २० ओभरमा जम्मा ६ विकेट गुमाएर २९७ रन बनायो।

२९८ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशका खेलाडी भारतीय बलरसमक्ष धेरैबेर टिक्न सकेनन्। र, निर्धारित ओभर खेल्दै ७ विकेट गुमाएर बङ्गलादेशले १६४ रन मात्रै बनाउन सक्यो।

भारतको जितका लागि सञ्जु सैमसनले सर्वाधिक १११ रनको पारी खेले। त्यस्तै कप्तान सूर्यकुमार यादवले ७७ रन जोडे। हार्दिक पाण्ड

याले ४७ रन बनाउँदा रियान परागले ३४ रन बनाए।

भारतले बङ्गलादेशलाई पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ८६ रनले पराजित गरेको थियो।

प्रकाशित: २६ आश्विन २०८१ २२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App