२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

जीवन दान

लघुकथा

ऊ सिकिस्त बिरामी थियो । उसले मालिकसामु आँसु बगाउँदै फोनमा भन्यो– ‘मालिक, मलाई निक्कै गाह्रो भएको छ । अब म धेरै बाँच्दिन होला । मैले मेरो जीवनको आधाभन्दा बढी उमेर तपाईंको सेवा गरें । आजसम्म मैले जति सके गरें । हरेक पटक तपाईंको चित्त बुझाउन सकिन होला । माफी चाहन्छु ।’

– चिन्ता नगर । म तँलाई जसरी नि बँचाउछु । मैले अरू म्यानेजर र केटाहरूलाई भनिसकेको छु।

उसले फोनमै मालिकको सान्त्वना पायो र अरू केही समय जीवन दान पाउने आशमा मक्ख परयो । मालिकलाई भगवान् सम्झ्यो ।

एक साँझ उसको अर्को म्यानेजर साथी उमेश उसलाई भेट्न अस्पताल पुगेको थियो । यस्तैमा मालिकले फोनमा ऊसँग बोलेको सुनियो । म्यानेजर उमेश, त्यो अस्पतालमा भएको म्यानेजर राकेशको ख्याल गर्नु । उसको कामको डिटेल अर्को म्यानेजरले नसिक्दासम्म उसलाई अलि दिन बँचाउनुपर्छ ।

प्रकाशित: २८ माघ २०७७ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App