२७ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रपोज डे

– होइन रामनवमी या होलीलाई प्रेम दिवस माने हुन्न । आमाको मुख हेर्ने दिनलाई मदर डे , बाबुको मुख हेर्ने दिनलाई फादर डे मनाए हुन्छ त । विदेशीको पछि धेरै लाग्नु हुन्न बाबू । आफू नाङ्गिएपछि इज्जत सकिन्छ ।आमाको कुरा सुनेर राजेश चुप बस्यो

तिम्रो न्यायको कसी

भनन प्रिय कहिल्यै सोध्यौ तिमीले ? मेरो हालखबर कसरी विश्वास गरूँ ? तिमीले मलाई साँचो माया गरेका थियौ तिमीले मेरो ख्याल राखेका थियौ तिमीले मलाई न्याय गरेका थियौ।

कमजोर सोचाइ लालची प्रवृत्ति डढाउनुपर्छ

कमजोर सोचाइ लालची प्रवृत्ति डढाउनुपर्छ, अर्थपूर्ण सरल जीवनको पाठ पढाउनुपर्छ। युगमा मानवीय अस्तित्व सुनिश्चित पार्न, पगरी गुथाई सफलताको सगरमाथा चढाउनुपर्छ।

साहसका यस्तै पखेराबाट गुराँस बटुलें

ढुङ्गाको चौबीस, माटोको छब्बीस ,पचास बटुलें, चन्द्रमाजस्तै ती तारा उस्तै, अकाश बटुलें। खतरा नहोस्, बिग्रह नहोस्, यो सिङ्गो स्थिति,फुटेको देख्न नपरोस् भनी, समास बटुले। चट्टानबाट रसाउँछिन् गङ्गा हिम्मत यही हो, साहसका यस्तै पखेराबाट गुराँस बटुलें ।

आमा

भारा दूध र खूनको श्रम गरी तिर्नै कहाँ सक्छु र धर्ती या नभ यो कुनै म नचिनूँ आमा कहाँ भुल्छु र मेरा निम्ति अनेक रोग जतिले जेजे तमासा छरून् आमा छौ र त साथमा मलम छन् ती घाउले के गरून् । बाँचेको छु म आजसम्म सुखले तिम्रै सुरक्षा गरी तिम्रै पेट जहाँ चुमेँ म पहिले यै पाउले सुस्तरी आफ्नो जीवनमा जुनै समयमा खोजेँ पछ्यौरी छुन तिम्रो वक्ष बन्यो सदा जमिन झैँ टेकेँ खुसीले सुन ।।

स्वाहा

अचानक यानीमाया लल्याककलुलुक भइन् । उनले कामदेवलाई न्यानो अँगालोमा बेर्दै भनिन् – साँच्चै हो त नि, कति तड्पिइरहूँ म ! आफ्नो ज्यान आफ्नै अधिकार । कामदेवले पासोमा परेको पन्छीलाई जस्तै आफूखुसी समात्दै भने– कतिञ्जेल बाँचिन्छ र ! खाकोलाको र गरेकै काम लाग्छ । मरेर लानु के छ र ।

लघुकथाकार खेमराज पोखरेलको ‘दह्रो लौरो’ टेक्दा

कथानक चयनमा लघुकथाकार खेमराज पोखरेलले विविधता अपनाएका छन् । उनका कथा पात्रहरू प्राय पीडित, निरीह, कमजोर र शोषित हुने गर्छन् । परिवेशमा देशीय –अन्तरदेशीय हुने लेखक खेमराज यस सङ्ग्रहमा प्रायशः काडमाडौँ वरिपरि घुमेझैँ लाग्छन् । दुवै दृष्टिविन्दु प्रयोग गर्न रुचाउने पोखरेल यस सङ्ग्रहमा चाहिँ तृतीय पुरुष दृष्टिविन्दुमा बढी केन्द्रित देखिन्छन् ।

फेरि भानुकै चर्चा

भानुभक्तले तत्कालीन समाजको परिस्थति राम्रोसँग बुझ्नुभएको हुनाले ज्ञान बुद्धि र विवेकको प्रयोग गर्न उहाँ खप्पिस हुनुहुन्थ्यो । यसर्थ उहाँको योगदानलाई समयसापेक्ष मानेर मूल्याङ्कन गरियो भने नेपाल र नेपालीको अस्तित्व रहेसम्म भाषा र साहित्यमा भानुभक्तीय रामायण र उहाँ जीवन्त रहिरहनेछ । यसर्थ लेखन भनेको लेखकीय धर्मको साधना हो चाटुकारी चाप्लुसी गर्नु होइन । यथार्थमा चाटुकारी गर्ने सरकारी रकममा रामरमिता गर्नेलाई सत्य पहिल्याउने चाहना हुँदै हुँदैन ।

पिताजीको स्मृतिलोप

रावणको यो अन्तिम सन्देश कति सारगर्वित छ ? हामीले यसको मर्मलाई पहिल्याउने हो भने, यसको भावलाई आत्मसात् गर्ने हो भने कति कामकाजी बन्थ्यौँ होला । तर हामी पनि रावणकै जस्तो सपना बोकेर वर्तमानलाई निरर्थक कामको पछि लागि समय भुक्तान गरिरहेका छौँ । पिताजीको स्मृति चेत जीवन्त छँदै मैले उहाँबाट टिप्नुपर्ने कुरा टिपेको भए आज पछुतो मान्नुपर्ने थिएन । उहाँबाट थुत्नुपर्ने सम्पदा थुत्न सकेको भए मेरो पनि ज्ञान सूचना आकाश अरू दरिलोभरिलो हुने थियो होला । काश ! पश्चातापको अग्निमा जल्नुबाहेक बाँकी केही उपाय छैन ।

होडबाजी

गुँडमा चरीका बचेराहरू हुर्काउने होड छ सडकमा सवारीहरू तँछाडमछाड गर्दै गुड्ने जोड छ व्यापारीहरू एकको चार बनाउन कति व्यस्त हुन्छन् व्यस्त छ सरकार काला बजाररियाबाट मुनाफा लिन ।

हात्ती चलखेलले जादु गर्न सिपालु

नायक लाजै नमानी जमात हुल्दैछ, आफैले गरेका अनेकौं गल्ती भुल्दैछ। अभावका भोका पेट पहिल्याउँछ ऊ, सावधान नोटको बिटो लिई डुल्दैछ। सत्ता मोहको नशा चढेको छ उस्लाई , लोभी –लालचीको हात समाती झुल्दैछ।

माफ गर्नुहोस् महाशय

माफ गर्नुहोस् महाशय म भक्षकको दास हुन सक्दिन, फुलबुट्टे तर अर्थहीन हजुरको खेलौना तास हुन सक्दिन । देखियो चाल ढंग, हेरियो रंगिला नाच र बुझियो राष्ट्रियता, फेल बनाएर देश म आडम्बरी परीक्षामा पास हुन सक्दिन।

ढाकाको मध्यरात

ओहो कस्तो अचम्म र संयोग । बाइस वर्षअघि जुम्लामा भेटेको मान्छेसँग अहिले ढाकामा भेट हुनु । त्यो नि देख्नासाथ चिन्नु । त्यतिबेला मेरो प्रिय मित्र कवि मनरुप नेप्च्युन त्यहाँ पढाउनुहुन्थ्यो । उहाँकै निम्तोमा म जुम्ला पुगेको थिएँ । त्यहीबेला रारा तालसम्मको यात्रा गर्ने अवसर पाएको थिएँ । अहिले सम्झँदा पनि रोमाञ्चित हुन्छु म ।

प्रताडित मन

समय बित्यो। केही समयमा उनकी कान्छी पत्नीबाट छोरा पनि जन्मियो। सबैले दानबहादुर र उनकी कान्छी पत्नीलाई बधाई पनि दिए। उनका आफन्तहरू पनि खुसी थिए। तर उनी मात्र एक जना दुखी थिए। कारण उनले दश वर्षअघि नै परिवार नियोजन गरिसकेका थिए।

हत्तार

कार्यक्रम भर्खर सुरु हुन लागेको देखेर बद्रीको मनमा उमंग छायो । एकछिन त बद्रीलाई दिल खोलेर नाचूँनाचूँझैं लागेको थ्यो ।मनमनै सोच्यो – साला नेपाली हुनुको फाइदा यै त हो । कहिल्यै ढिलो भइँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्