२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

हात्ती चलखेलले जादु गर्न सिपालु

गजल

नायक  लाजै  नमानी  जमात हुल्दैछ,

आफैले गरेका अनेकौं गल्ती भुल्दैछ।

 

अभावका  भोका पेट  पहिल्याउँछ ऊ,

सावधान नोटको बिटो लिई  डुल्दैछ।

 

सत्ता  मोहको  नशा  चढेको छ उस्लाई ,

लोभी –लालचीको हात समाती झुल्दैछ।

 

हात्ती  चलखेलले  जादु  गर्न  सिपालु ,

त्यसैले  गरीबी  आकर्षित  भै खुल्दैछ।

 

निको भाको छैन गणतन्त्र आलो घाउ ,

लक्का  मलमले  सहमति  बटुल्दैछ।

प्रकाशित: २५ माघ २०७७ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App