२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

साहसका यस्तै पखेराबाट गुराँस बटुलें

गजल

ढुङ्गाको चौबीस, माटोको छब्बीस ,पचास बटुलें,

चन्द्रमाजस्तै ती तारा उस्तै,  अकाश बटुलें।

 

खतरा  नहोस्, बिग्रह  नहोस्, यो सिङ्गो स्थिति,

फुटेको   देख्न   नपरोस्   भनी,   समास  बटुले ।

 

चट्टानबाट  रसाउँछिन्  गङ्गा  हिम्मत यही  हो,

साहसका यस्तै पखेराबाट गुराँस बटुलें ।

 

भँवरा  छैनन्,  पुतली  छैनन्, एक्लो  छ  बगैँचा,

सुगन्ध मीठो सूचना   दिन   बतास   बटुलें।

 

कहिले  अग्ला,  कहिले  होचा , मनका टाकुरा,

पानीका  उत्ताल  लहरीबाट  विश्वास  बटुलें।               

प्रकाशित: २६ माघ २०७७ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App