२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

प्रपोज डे

लघुकथा

– आज  प्रपोज डे  रे हो ! सपनाले जानेर बुझ पचाइन् ।

 लाउड स्पिकरमा राजेश बोलिरहेको थियो । उसका बाआमा तिन छक्क परे ।  

– होइन  रामनवमी या होलीलाई प्रेम दिवस माने हुन्न । आमाको  मुख हेर्ने दिनलाई मदर डे , बाबुको मुख हेर्ने दिनलाई फादर डे मनाए हुन्छ त । विदेशीको  पछि धेरै लाग्नु हुन्न बाबू । आफू नाङ्गिएपछि इज्जत सकिन्छ ।आमाको कुरा सुनेर राजेश चुप बस्यो।

 एकछिन म तरकारी लिन गएँ है आमा ।  साथीले बोलाएको छ ।  म खाना उतै खान्छु । राजेशले आमासँग झुट  बोलेर बाहिर निस्क्यो । झुट बोल्दा छाती जलेको थियो । ऊ दुई जना साथी लिएर ठमेलछेउको लव गार्डेन गयो । सपना गुलावी ड्रेसमा सज्जित थिइन् ।

साथीभाइहरूले जिस्काउँदै भने– आई  लव यू भन्दे न।

ऊ एकछिन घोत्लियो र सपनाको हात समाउँदै भन्यो – हुन त नेपालमा विभिन्न आफ्नै  लोक प्रियदिनहरू छन् । विदेशी संस्कारको पछि लाग्नुपर्ने होइन । तर,  प्रेम दिवस । किन गलत अर्थ लगाउनु र । आज मन डे अर्थात् सोमबार रहेछ  । मनदेखि मन पराउँछु।

प्रकाशित: २७ माघ २०७७ ०५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App