२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

व्यवहार

लघुकथा

तल्लाघरे  मुखियालाई  भ्याई – नभ्याई छ । अनेकौं सभा सेमिनार , अन्तरक्रिया र गोष्ठीमा  पुग्नुपर्ने समाजका  प्रतिष्ठित वाम बुद्धिजीवी । दुई तिहाईको ऐतिहासिक सरकार भएको यो गौरवपूर्ण क्षण । समाज बदल्ने , समानता, न्याय, थिचोमिचो, पहिचान, महिला हकहित र  बाल संरक्षण । कतिकति मुद्धाहरू ।  अब जनताका दिन आए । हामी बाम पन्थीहरूले  आफ्नो व्यवहार नबदली समाज बदलिँदैन । यसको सुरुवात आफ्नो घरबाट , आफ्नो टोलबाट , आफ्नो स्थानीय राजनीतिक इकाईबाट सुरु हुनुपर्छ । तालीका पर्राहरू छुटे । 

मुखिया हाईहाई सबले  स्वरमा स्वर मिलाए । चार दिनसम्मको भव्य विचार  गोष्ठी  सकियो। सबैले आफूभित्र ठुलो परिवर्तन भएको महसुस गर्दै घर फर्किए।

ठुलो वैचारिक क्रान्ति सकेर घर टेक्न के पाएका थिए ।  घरमा काम गर्न राखिएको  चौध बर्से गोरे धुनुपर्ने डङ्गुर लुगा त्यत्तिकै  छाडेर आफ्ना छोराछोरीसंगै  कार्टुन हेरिरहेको थियो ।

तँलाई  मुर्दार , आफ्नो काम नगरी  मेरा नानीहरूसँग जोडिएर  टिभी हेर्ने भन्दै गालामा  दुई चड्कन बजाए । 

बिचरो केटो तिर्मिराउँदै ढल्यो । त्यो अप्रत्यासित रोद्र रूप  देखेका कलिला उनकै बालबालिकाले तुरुक्क आँसु चुहाउँदै  मुखियालाई त्यसो नगर्न अनुरोध गरिरहे।

 हाल– संयुक्त अधिराज्य बेलायत

प्रकाशित: २७ माघ २०७७ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App