२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

रित्तिएको हृदय

लघुकथा

भ्रमण वर्ष २०५८ मा आउँदा जोन क्यानेरी उत्पात खुशी थिए । जुन गाउँमा जान्थे त्यतै नेपाली सम्मानले प्रफुल्लित  हुन्थे । मानवताको उदाहरण दिनुपर्दा उनको मनमा नेपाली नै पहिला आउँथ्यो । बसुधैब कुटुम्बकमको अर्थ अंग्रेजीमा धेरैले उल्था गरे । जाने बेला प्रफुल्लित भएर विद्यालयलाई दुई लाख दान दिए।

भ्रमण वर्ष सन् २०२० मा नेपाल आउने योजना थियो । कोरोनाले महामारी गरायो ।  धेरै समयसम्म उनको मन कुँडियो । लकडाउन खोलेकाले बलजफ्ती गरेर श्रीमतीको साथ एयर्पोटमा झरे ।

– नमस्ते वीरबहादुर । परैबाट स्वस्ति चढाए।  

बीरबहादुरले माला र खादा लगाइदिए । सिधा होटल लैजानलाई ट्याक्सीमा राखे ।

होटलमा बसे । बिहान बजार घुम्न निस्के । रत्नपार्क वरिपरि जुलुस थियो । बस चढेर गाउँमा ट्रेकिङ गरे । 

– नेपाल पहिलाको जस्तो छैन । विकसित भैसक्यो । टुरिस्ट गाइडको कुरा सुनेर उनी हाँस्न थाले । 

जोन क्यानोरीले उकालोमा सुस्केरा हाल्दै भने– नेपालीहरूले पैसा कमाए पनि गरीब भएछन् । हृदय रित्तिएछ । प्रभाव अग्रगमनकै होला।  

प्रकाशित: २९ माघ २०७७ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App