२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

सह अस्तित्व

लघुकथा

बाख्रो चरिरहेको थियो। छेवैमा बाघ आयो र बाख्रालाई   भन्यो– हामी सँगसँगै  खेलौँ है ।

बाख्रा डरायो र भाग्न खोज्यो।

बाघले बाख्रालाई  विश्वास दिलाउँदै भन्यो – भोभो डराउनु पर्दैन। भोक नलागुन्जेल म तिमीलाई खान्न।

बाख्रो खुसी भयो र बाघसंग मित्रता गाँस्न तयार भयो।  बाख्राले बाघजस्तो बलियो जनावरको साथी हुन पाएकोमा कताकता गौरव महसुुस  गर्यो ।

ऊ आफ्नो साथीहरूसँग बोल्न छोड्यो, हिँड्डुल गर्न पनि बन्द गर्यो।

यो देखेर आफ्नो योजना सफल भएकोमा बाघ मनमनै खुसी भयो।

एकदिन  बाघलाई औधी भोक लाग्यो । त्यसपछि उसले अघि गरेको भोक नलागेसम्म नखाने आफ्नो  वाचा पूरा गर्यो।

प्रकाशित: २८ माघ २०७७ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App