२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

फेसबुकभरि देखिन्छ खानेकुरा मीठो

मुक्तक

          १)

खबरदार शक्तिको मात्रै भक्ति गर्नेहरू  

पैसाकै वरपर मात्र सधैं फूल छर्नेहरू

अवस्य ढल्ने छौ एकदिन रावण जस्तै  

सत्य मारेर असत्यको घडा भर्नेहरू ।

         २)

खुकुरीभन्दा धार लाग्ने कर्द हुँदैन  

आफन्तले दिएको जस्तो दर्द हुँदैन  

ढुङ्गामा खोपिएको अक्षर जस्तो

दिएको वचन पूरा नगर्ने मर्द हुँदैन ।

         ३)

फेसबुकभरि देखिन्छ खानेकुरा मीठो  

खोज्न जाउँ कि बनमा भ्याकुर गिठो

थाहा छैन हामी त के खाएर बाँच्ने हो  

आफ्नो भने घरमा छैन एक चिम्टी पिठो ।

           ४)

तिम्रो साथी तिमी आफै हौ अरूको भर पर्नु किन?

दिएको पीडामा पग्लिएर आँसु  बनी झर्नु किन?  

कसैसँग  राखेर आशा,  लिइकन अरुको सहयोग  

संसारको दुख , पीडा, दर्दबाट परयो पार तर्नु किन?

       ५)

आफूलाई भए भयो, अरू जेसुकै गरून्

मतलब छैन माथि उक्लुन या तल झरून्  

हुलमुलमा जिउ जोगाउनु भन्छन् बूढापाका

आफू बाँचे पुग्यो हजुर अरू मरे  पनि मरून् ।

प्रकाशित: २९ माघ २०७७ ०९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App