२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

खेल मैदान

कविता

जनप्रतिनिधिहरू सबै खेलाडी

सडक, सदन, न्यायालय

यत्रतत्र सर्वत्र खेल मैदान ।

 

विधान मिचाइ, नियमकानुन मिचाइ

बलमिचाइ, सबथोक मिचाइ

थुतुनो अनियन्त्रित मनपरी बोलाइ ।

 

राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र

गणतन्त्र, गुटतन्त्र, मनपरीतन्त्र

सबै भताभुंग, लथालिग, चकनाचुर।

 

आम हडताल देश बन्द

गरी खानेको चुलो बन्द

सद्बुद्धि खुल्ने दिमागको मुहानै बन्द।

 

न्याय मूर्तिहरूको अलमल

आयोगका आयुक्तहरूको अलमल

तमासे जनताहरू सबै झनै अलमल।

 

छद्मभेषी रेफ्रीको हुसिल बज्यो

खेलमैदान बाहिरै भकुन्डो गुडयो

हुरे गोलपोस्टविना नै गोल !  

खेल मैदान ।  

प्रकाशित: २८ माघ २०७७ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App