२४ वैशाख २०८१ सोमबार
image/svg+xml

आमाको हत्या अभियोगमा सौतेनी छोरी पक्राउ

पातारासी गाउँपालिका- ३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पक्राउ परेकी छन्।

कर छलीका ५९ बोरा सुपारीसहित तीनजना पक्राउ

उदयपुर प्रहरीले कर छलेर ल्याउँदै गरेको सामानसहित तीनजनालाई पक्राउ गरेको छ।

घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

कृषि प्रयोजनका लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस लिएको आरोपमा अख्तियारले उनलाई बुधवार नियन्त्रणमा लिएको हो।

‘जाडोमा कठ्यांग्रिनुपर्छ, गर्मीमा वर्षासँगै भवन भत्किने चिन्ता छ’

दुर्गम कर्णालीमा अधिकांश प्रहरीका भवन जीर्ण छन्। कतिपय स्थानमा प्रहरी बस्ने भवन नै छैनन्। भएका भवन र संरचनामा प्रहरीले ज्यान जोगाएर बस्नुपर्ने बाध्यता छ।

सशस्त्र द्वन्द्वमा क्षतिग्रस्त प्रहरी चौकीको नयाँ भवन बन्यो

२०५२ साल फागुन १ गते सशस्त्र द्वन्द्वको प्रभावले विस्थापित रहेको प्रहरी चौकी भवन नयाँ निर्माण गरि उद्घाटन गरिएको छ । शान्ति सम्झौता सँगै विस्थापित प्रहरी चौकी भाडाको घरमा बस्दै आएको थियो।

बुढ्ढीमा प्रहरी चौकी स्थापना

कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ४ बुढ्ढीको हुनुमान चोकमा प्रहरी चौकी स्थापना भएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले चौकी भवनको रिबान काटी शिखालेखमा छोपिएको कपडा उघारेर उदघाटन गरे।

हिल्सा र लिमीमा प्रहरी चौकी पुनस्थापना

अत्याधिक चिसोका कारण मंसिरमा सदरमुकाम सिमकोट सारिएका हिमाली जिल्ला हुम्लाको उत्तरतर्फका दुई प्रहरी चौकी छ महिनापछि पुनस्थापना भएका छन्।

मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु

मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिएका छन्।

चुमनुब्रीको जगतमा प्रहरी चौकीको भवन निर्माण

मंगलबार चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भवनको उद्घाटन गरेका छन्।

'आधार क्षेत्रमा साख बचाउन सकस'

‘माओवादीले एजेण्डा त्याग्यो। विचारमा स्खलन भयो। कार्यकर्ताको संरक्षणमा अभाव देखियो। सहिद परिवार प्रतिको भावनात्मक सम्बन्ध कट्यो। समावेशिको सवाल त्याग्यो। हिजोका पूर्वलडाकु र पूर्णकालीन कार्यकर्ताको भविष्यका बारेमा सोच राख्न सकेन अनि निर्वाचनमा सजिलो कसरी हुन्छ?’

मधेसमा तस्करीको डरलाग्दो रुपः रोक्न खोज्दा मदिरा तस्करले किचेर मारे भारतीय सशस्त्र प्रहरी

भारतीय शसस्त्र सीमा बलका हेड कन्सटेबललाई किचेर मार्नेसम्मको आट भएका मदिरा तस्करका खिलाफ हामी बोल्ने हिम्मत गर्न सक्छौं एक जेष्ठ नागरिकले भने, ‘यताका सशस्त्र र नेपाली प्रहरी सबै मिलेर यो धन्दा चलिरहेको छ। हामी बोल्यो भने ज्यानको जोखिम छ उनले भने, ‘हामी मात्र होइन्, सीमाञ्चलका अधिकांश मानिस तस्करको डरले थरथर काप्छन्।’

राप्ती सोनारीको निर्वाचन स्थलमा ढुंगामुढा, मतगणना सुरु भएन

‘हामी मत पेटिकाको सुरक्षा दिएर बसिरहेका थियौं, कसैले टाढैबाट ढुंगा हानेपछि केहीबेर गड्याङ्ग गुडुङ्गको आवाज आयो,’ चारैतिर खोज्दा कसैलाई पनि फेला पार्न सकेनौं,’ उनले भने। रातभर मतपेटिकालाई सुरक्षा दिएर राखिएको खत्रीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्