२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। मंगलबार ५३८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना मुक्त भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा ७६ जना कोरोना मुक्त भएका छन्।

भारतमा कोरोनाबाट एकदिनमै दुई हजार जनाको मृत्यु

कोरोना भाइरसका कारण मृतकको संख्या एक्कासि बढेपछि भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले चिन्ता प्रकट गरेको छ।

कर्णालीमा थप ८३ जनामा कोरोना संक्रमण, २२ जना डिस्चार्ज हुँदै

शुक्रबार मात्रै कर्णाली प्रदेशमा ८३ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। सुर्खेतका ४५ र दैलेखका ३८ जना कोरोना संक्रमित भेटिएका हुन्।

नेपाल –इजरायल कोरोना परामर्श समिति गठन

कोभिड–१९ को उपचारसम्बन्धी ज्ञान र अनुभव आदान प्रदान गर्न नेपाल–इजरायल केरोना योजना (एनआइसीआई) गठन भएको छ।

फेरि पनि मृत्युपछि नै कोरोना पुष्टि

जेठ २३ गते स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो, जसको रिपोर्ट ६ दिनसम्म पनि आएन। बुधबार मृत्यु भइसकेपछि रिपोर्ट माग्दा नमुना नै ‘मिसप्लेस’ भएको जबाफ प्रयोगशालाका कर्मचारीबाट आयो।

कोरोना जित्न सहज, सामाजिक मनोविज्ञान जित्न भने सकस

यही जेठ १९ गते कर्णाली प्राविधिक शिक्षालय जुम्लाको जिल्ला स्तरीय एकीकृत क्वारेन्टिनमा बसेका एक स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी सहित १९ जनामा कोराना पोजेटिभ देखियो । कोराना पोजेटिभ देखिएको २४ घण्टा भित्र उनीहरुलाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखियो । आइसोलेसन भित्र सामाजिक मनोविज्ञान र कोरानाबाट बच्नको लागि मनोविमर्श सहित औषधि उपचार र निगरानी गरियो । फलस्वरुप उनीहरु मध्ये १८ जनामा पिसिआर परिक्षण गर्दा कोराना नेगेटिभ देखियो । उनीहरु होमआइसोलेसनमा बस्ने गरि अस्पतालको आइसोलेसनबाट बिदाई भए ।

इरानी औसत पाँचमध्ये एक व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका हुनसक्ने

इरानमा गत फेब्रुअरीमा कोरोनाभाइरस सङ्क्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन्।

कोरोनाका कारण उत्पन्न परिस्थितिको अनुमन गर्न कांग्रेसले बनायो समिति

कोरोना भाइरस (कोभिड १९) को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ।

कोरोनाले कसिँदै कर्णाली

नेपालमा कोरोना संक्रमण देखिएको चार महिनाअर्थात् जेठ ५ गते कर्णालीमा पहिलो कोरोना संक्रमति भेटिए। दैलेखस्थित आठवीस–१, सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना पृष्टि भएको थियो। त्यसको पाँच दिनपछि (१० गते) सुर्खेतमा तीनजना कोरोना संक्रमित देखिए। दिन बिराएर देखिएको कोरोना १७ गतेसम्म पुग्दा एक सय पाँचजनामा देखियो।

गण्डकी प्रदेशका थप २४ जनाका कोरोना पुष्टि

गन्डकी प्रदेशका विभिन्न जिल्लाका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी नवलपुरको बौदिकाली गाउँपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

सिन्धुपाल्चोकका थप एकमा कोरोना पुष्टि

सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ। योसँगै जिल्लामा संक्रमितको संख्या तीन पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ। भारतबाट फर्केर मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका इन्द्रावती गाउँपालिकाका २० वर्षीय युवामा कोरोना भेटिएको हो।

हिरासतमा रहेकालाई कोरोना देखिएपछि त्रास

आइतवार कोरोना संक्रमण पुष्टि भएका गोरखाका १० जना माध्ये एक जना प्रहरी हिरासतमा छन्। ९ जना क्वारेन्टिनमा बसेकालाई कोरोना देखिएको हो भने जवरजस्ती करणी उद्योगमा पक्राउ परेका पालुङटारका १७ वर्षिय युवकलाई हिरासत भित्र रहँदा कोरोना भेटिएपछि त्रास बढेको छ।

कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग

बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ। बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो।

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय १३ पुग्यो

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना गरी थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्