२६ वैशाख २०८१ बुधबार
image/svg+xml

मनकारी वडाध्यक्ष, सेवा–सुविधावापतको रकम बालबालिकाको शिक्षामा लगानी

वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष भूपेन्द्र खत्रीले आफूले पाएको सरकारी सेवा–सुविधावापतको रकम गरिव, जेहन्दार तथा आश्रित बालवालिकाको शिक्षामा लगानी गरेका छन्।

शिक्षामा समस्या

दुईवटा अवस्थामा यो विद्यालयमा विद्यार्थी भरिभराउ हुने रहेछन्– एक, सरकारी निकायबाट निरीक्षणका लागि आउने खबर पाएपछि। दोस्रो, परीक्षाका बेला। यी दुई अवस्थाबाहेक शिक्षकसमेत देखिन्नन् यहाँ। उनीहरू आइहाले पनि घरमा कुनै काम नभएपछि अर्थात गफ गर्न मन लाग्यो भने बल्ल आउने गर्दारहेछन्।

फेरि अनशन बस्ने अवस्था नआओस् : डा. केसी

डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षामा सुधार माग राखेर १५ पटकसम्म अनसन बसिसकेका केसी सरकारले विगतमा आफूसँग गरेका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसद्को जारी अधिवेशनबाट पारित नगर्ने भएपछि अनशन बस्ने भएका हुन्।

शिक्षामा राजनीतिक वितण्डा सैह्य हुँदैन् : दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन्। शिक्षालाई निहुँ बनाएर विपक्षी दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै अध्यक्ष दाहालले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारे।

शिक्षामा निजी नाफा र कम्युनिस्ट

शिक्षा र स्वास्थ्यमा आम जनताको पहुँच सरल र समान बनाउनु राज्यको पहिलो कर्तव्य हो । चिकित्सा शिक्षामा यही माग राखी गत २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग सुन्ने पक्षमा देखिँदैन, सरकार।

डा केसीलाई प्रधानमन्त्रीको अाग्रह : स्वास्थ्य शिक्षामा सुधारको जिम्मा लिनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य शिक्षामा सुधारको जिम्मेवारी लिन डा. गोविन्द केसीलाई आग्रह गरेका छन्। सोमबार पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वार्ता र सम्वादमा आउन डा केसीलाई आग्रह गरे। ‘डा. केसीलाई भन्न चाहन्छु, आउनुस् स्वास्थ्य शिक्षामा कसरी सुधार गर्नुपर्छ, तर्कपूर्ण रुपमा आउनुस। बरु तपाई नै जिम्मा लिनुस्। गर्नुपर्ने के हो भन्नुस्’, ओलीले भने।

शिक्षामा आधुनिकीकरण आवश्यक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शिक्षामा आधुनिकीकरणको आवश्यकता रहेको बताएका छन् । प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोडदिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई थप सशक्त र परिणामुखी बनाउनुपर्ने आवश्यक रहेको बताए।

शिक्षामा संकट

एउटा लोकप्रिय चिनियाँ उखानले भन्छ, ‘एक वर्षको योजना गरिरहेका छौ भने धान रोप, दशकको योजना गरिरहेका छौ भने बिरुवा रोप, जीवनभरिको योजना गरिरहेका छौ भने नागरिकलाई शिक्षित बनाऊ।’

प्राविधिक शिक्षामा जोड दिनुहोस्ः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनमुखी र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन्।

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल

डेढ दशकमा नेपालले प्रारम्भिक बालविकास शिक्षामा फड्को मारेको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको एसिया प्रशान्त क्षेत्रीय बालविकास तथा तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा हाल प्रारम्भिक बालविकास (इसिडि) शिक्षामा ४ वर्षसम्मका बालबालिकाको ८४ प्रतिशत पहुँच पुगेको तथ्यांक प्रस्तुत गरे। सन् २००२ मा १२ प्रतिशत बालबालिकाले मात्र इसिडिको अनुभव हासिल गरेको तथ्यांक प्रस्तुत गर्दै उनले बालविकासको क्षेत्रमा नेपालले राम्रो उपलब्धी हासिल गरेको जनाए।

प्राविधिक शिक्षामा क्यानको छात्रवृत्ति

कम्प्युटर एसोसियसन नेपाल महासंघले यस वर्षदेखि प्रविधि शिक्षातर्फ छात्रवृत्ति दिने भएको छ। सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ। सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस वर्ष ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ। ‘नेसनल आइसिटी स्कलरसिप– २०७५’ शीर्षकको छात्रवृतिमा देशभरका सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने व्यवस्था गरिएको छ।

उच्च शिक्षामा अर्बौ लगानी, नतिजा निराशाजनक

सरकारले उच्च शिक्षामा बर्सेनि साढे आठ अर्ब रुपैयाँभन्दा बढी खर्च गरे पनि त्यसको प्रतिफल भने न्यून रहेको पाइएको छ। विश्वविद्यालय अनुदान आयोगका अनुसार ८ अर्बभन्दा बढी लगानी भएको उच्च शिक्षामा वार्षिक विद्यार्थी उतीर्ण प्रतिशत भने २७ भन्दा कम छ।

रोल्पाको शिक्षामा लाजमर्दो नतिजा

रोल्पा नगरपालिकाभित्र रहेका २४ विद्यालयको गत वार्षिक परिक्षाको रिजल्ट सबैलाई चकित पार्ने गरि आएको छ । सामुदायिक विद्यालयतर्फका २१ विद्यालयमध्ये १५ विद्यालयको ८ कक्षाको नतिजा शुन्य रहेको छ भने निजी विद्यालयको नतिजा पनि लाजमर्दो देखिएको छ।

विद्यालय शिक्षामा खर्च ४ खर्ब उपलब्धी न्यून

सरकारले शिक्षाको गुणस्तर विकासकोलागि वर्षेनी अर्वौ रकम खर्च गरे पनि नतिजा भने सन्तोसजनक नरहेको सरकारी अनुसनधनलेनै देखाएको छ।

शिक्षामा २० प्रतिशत बजेट लगानी आवश्यक : अध्यक्ष दाहाल

एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षामा २० प्रतिशत बजेट लगानी गर्नुपर्ने बताएका छन्। कम्तिमा बजेटको २० प्रतिशत शिक्षामा लगानी गरिनुपर्नेमा अहिले भैरहेको भन्दा घट्न सक्ने संभावना उनले औंल्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्