coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

शिक्षामा राजनीतिक वितण्डा सैह्य हुँदैन् : दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन्। शिक्षालाई निहुँ बनाएर विपक्षी दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै अध्यक्ष दाहालले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारे।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले डा. गोविन्द केसीको अनशनलाई विपक्षीहरुले राजनीतिक स्थिरता अन्त्य गर्ने हतियारका रुपमा प्रयोग गरेको भन्दै आन्दोलनले समस्या समाधान भन्दा अराजकता मात्रै फैलिने टिप्पणी गरे। 

‘डा. केसीका सम्बन्धमा वार्ता गर्न खोज्दा पनि विरोध, समस्या समाधान गर्न खोज्दा पनि विरोध, विपक्षी दलहरुले चाहेको के हो?’ उनले प्रश्न गरे, ‘केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश।’ 

नेपालमा कम्युनिष्टहरु बलियो भएको देख्न नचाहने देशीविदेशी बुर्जुवाहरुले डा. केसीको अनशनलाई राजनीतिकरण गरेको उनको आरोप छ। 

प्रकाशित: ७ श्रावण २०७५ १४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App