१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

शिक्षामा परिमार्जन आवश्यक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समाज परिवर्तनको महŒवपूर्ण पाटो भएको बताएकी छिन् । गुल्मीका मुसिकोट नगरपालिका ६ कुर्घास्थित त्रिभुवन माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षामा समयअनुकूल परिमार्जन र लगानी गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

चिकित्सा शिक्षामा चरम बेथिति भएको अयोगको ठहर

विराटनगरस्थित नोबल मेडिकल कलेज शिक्षण अस्पतालमा ०६९ असार ७ र ८ मा नेपाल मेडिकल काउन्सिलको टोली अनुगमन गर्न पुग्यो । टोलीले अस्पतालमा ९ सय बेड भएको प्रतिवेदन बुझाउँदै १५० विद्यार्थी पढाउन अनुमति दिन सिफारिस गर्‍यो ।

निजी क्षेत्रको शिक्षामा पाँच खर्ब लगानी

जी शैक्षिक सञ्चालकहरुले विद्यालय शिक्षामा हालसम्म पाँच खर्ब रुपैयाँ लगानी गरेका छन् । उनीहरुले विद्यालयको भौतिक संरचना, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन लगायतमा पाँच खर्ब रुपैयाँ लगानी गरेका हुन् । निजी विद्यालयहरुको वार्षिक कारोबार (विद्यार्थीबाट उठेको शुल्क ) दुई खर्ब रुपैयाँ पुगेको छ ।

उच्चशिक्षामा प्रदेश ६ पछाडि

विद्यार्थी संख्याको हिसाबले पनि प्रदेश ६ पछाडि देखिएको छ । सन् २०१५÷१६ मा उच्चशिक्षा अध्ययन गर्न ३ लाख ६१ हजार ७७ विद्यार्थी भर्ना भएकोमा प्रदेश ६ मा ११  हजार १ सय ८८ मात्रै छन् । यो कुल विद्यार्थीको ३.०९ प्रतिशत हो।

उच्च शिक्षामा गणितको ‘ह्याट्रिक’

सार्वजनिक विद्यालयमा गणित विषयमा विद्यार्थीको सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा न्यून रहे पनि उच्चशिक्षामा भने यही विषयका विद्यार्थीले उत्कृष्ट नतिजा निकालेका छन् । त्रिभुवन विश्वविद्यालयमा तीन वर्षयता गणित विषयकै विद्यार्थी लगातार सर्वोत्कृष्ट भएका छन् ।

'चिकित्सा शिक्षामा सुधारको युग प्रारम्भ'

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जारी ‘राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७४’ ले यस क्षेत्रमा सुधारको युग प्रारम्भ भएको विज्ञ एवं सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन्।

गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त वाम गठबन्धन, नेपाली कांग्रेस तथा राप्रपा लगायतका दलले तयार पारेको घोषणा पत्रमा व्यवहारिक र गुणस्तरीय शिक्षामा जोड दिएका छन् ।

प्राविधिक शिक्षामा जोड दिनुपर्छ: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी विद्यालयको खस्कँदो शैक्षिक नतिजा र निजी विद्यालयको महँगो शिक्षा प्रणाली अहिलेको चुनौतीका रुपमा रहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

शिक्षामा संघीयता र अन्योल

शिक्षा आर्जन औपचारिक, अनौपचारिक स्वाध्यायन आदि माध्यमबाट गरिन्छ। जुन तरिकाले शिक्षा हासिल गरे पनि व्यक्तिको व्यक्तित्व निर्माण वा चरित्र निर्माण नै हो। उसले जीवनमा राम्रो आचरण, सच्चरित्र कूशल व्यवहार जान्नुका साथै हरेक पक्षको ठीक/बेठीक, न्याय/अन्याय छुट्टाउन सक्ने क्षमताको शिक्षा दिइनुपर्छ।

उच्च शिक्षामा बढ्दै छोरीको पहुँच

अभिभावकमा शिक्षाप्रति बढेको चेतना र गाउँघरमै प्लसटु खुल्न थालेपछि उच्च शिक्षामा छोरीको पहुँच बढ्दै गएको छ। राज्यले ल्याएको छात्रवृत्तिसम्बन्धी नीति र कोटा प्रणालीले पनि यो अवस्थालाई सघाएको छ।

मतदाता शिक्षामा सधैं खेलाँची

राजनीतिक दलले चुनाव लक्षित गतिविधि यति बेला उत्कर्षमा पु¥याएका छन् । तर, मतदानका लागि अनिवार्य पाटो मानिने मतदाता शिक्षाबारे नाममात्रैको तयारी छ । दलहरूको कुरै छाडौं, निर्वाचन आयोगकै काम पनि देखावटीमात्रै छ ।

मतदाता शिक्षामा सामाजिक विषयका शिक्षिका

स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि माध्यमिक विद्यालय तहका सामाजिक विषयका शिक्षिका खटाइने भएको छ। शिक्षिकामार्फत गाउँगाउँ खटिने मतदाता स्वयंसेविकालाई प्रशिक्षण दिएर खटाइने निर्वाचन कार्यालयले जनाएको छ।

विद्यालय शिक्षामा छोरी अगाडि

पछिल्लो तीन वर्षयता विद्यालय शिक्षामा छोराभन्दा छोरीले संख्यात्मक रूपमा उछिनेका छन्। चार वर्षअघिसम्म विद्यालय शिक्षाको माध्यमिक तहसम्ममा छोरीको पहुँच पुर्‍याउन  मुस्किल पर्ने गरेकोमा हाल कक्षा १० को परीक्षामा छोराभन्दा छोरीको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ।

प्राविधिक शिक्षामा जोड दिउँ: बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्