८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाढीपीडितका ६ वर्ष : करोडौं खर्च, उपलब्धी शुन्य

२०७१ सालको साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए। एक हजार ४५ परिवार पूर्ण विस्थापित भए। सरकारी तथ्याङ्क अनुसार छ वर्षको अवधिमा बाढीपीडितका नाममा करिव २५ करोड बढी खर्च भएको छ। गैरसरकारी संस्था र अन्य दाताहरुको सहयोगको लेखाजोखा छैन्। बाढीपीडितका नाममा राज्यले करोडौं खर्च गरेपनि विस्थापितहरुको दैनिकी झनझन कष्टकर बन्दै गएको छ।

लिदी पहिरो पीडितको बयान– ३० घरको नामाेनिशान छैन, ३७ जना सम्पर्कविहिन (अपडेट)

लिदी पहिरोका गम्भिर पाँच घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले दुई खेपमा उद्धार गरेर सदरमुकाम चौतारा लगेको छ। अरु १५ घाइते भने गाउँमै छन्। पहिरोमा शरीर दरखरिएका उनीहरुको अवस्था सामान्य नै छ।

बाढीपहिरोले सडक र सिँचाइ आयोजनामा पाँच अर्बभन्दा धेरै क्षति

अविरल वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त सडक र सिँचाईका आयोजना मर्मत र पुनर्निर्माणमा पाँच अर्बभन्दा धेरै खर्च लाग्ने भएको छ। क्षतिग्रस्त भएका सडक र सिँचाइका संरचना पुनर्निर्माण गर्न पाँच अर्बभन्दा धेरै खर्च लाग्ने सम्बद्ध कार्यालयले जनाएका छन् । गत असारदेखि आएको बाढी–पहिरोले सबैभन्दा धेरै सिँचाइ र सडकका आयोजना प्रभावित भएका छन्।

कर्णालीमा जोखिम क्षेत्र पहिचान हुन सकेन

यस वर्ष मनसुन सुरु भएता कर्णालीमा ४४ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ। पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन्। दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा छन्। तर प्रदेश सरकारले कर्णालीका बाढीपहिरो प्रभावित क्षेत्रको पहिचान गर्न सकेको छैन। जसले गर्दा अतिप्रभावित क्षेत्रका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन्।

ओत लाग्ने छानो छैन्, छाक टार्ने अन्न छैन्

‘रुखको फेदमा स्याउलाको (पात) छानो बनाएका छौं, खानलाई अन्न छैन्,’ बुँदेले टेलिफोनमा नागरिकसँग भने, ‘दुर्गमको ठाउँ भएर होला अहिलेसम्म कोही सहयोगी फेला पारेका छैनौं ।’ पहिरोले घर विहीन भएको एक साता हुँदा पनि नजिकको सरकार स्थानीय तहले अहिलेसम्म राहत उपलब्ध गराएको छैन् ।

बाढीपहिरोमा परि कर्णालीमा ४३ जनाको मृत्यु

मनसुन सुरु भएयता बाढी पहिरोमा परि कर्णालीमा ४३ जनाले ज्यान गुमाएका छन् । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि उनीहरूले ज्यान गुमाएका हुन् ।

अग्नी पीडितलाई खोटाङ कुबेत सम्पर्क मञ्चको सहयोग

खोटाङ कुबेत सम्पर्क मञ्चले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका अग्नी पीडित गोबिन्द कट्वाललाई आर्थिक सहयोग गरेको छ ।

रुकुम घटनाका पीडितलाई पाँच लाख सहयोग

रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

द्वन्द्व पीडितका लागि ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम

नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा सञ्चालित ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमको जिस्ला स्तरीय सरोकारवाला बिच समन्वयात्मक छलफल कार्यक्रम सकिएको छ । तत्कालीन माओवादी द्वन्द्वका समयमा यौन हिंसामा परेका, श्रीमान गुमाएका वा बेपत्ता भएका तथा हिंसा प्रभावित महिलाहरू समाजमा नेतृत्वायी भुमिका निर्वाह गरि शान्ति महिला तथा समतामुलक समाज निर्माण गर्न सक्षम हुने कार्यक्रमको अपेक्षा रहेको आयोजकले बताएको छ ।

सराङकोट पहिरो पीडितलाई सहयोग

गत असार २५ गते सराङकोटमा गएको पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवार तथा आफन्त र घाइतेलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

बागमती प्रदेश सरकारको निर्णय : प्रदेशका बाढीपहिरो पीडितलाई घर बनाइ दिने

बागमती प्रदेश सरकारले प्रदेशभभित्रका जिल्लाका बाढीपहिरो पीडितका लागि घर बनाइ दिने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले बाढीपहिरोमा घर गुमाएका पीडितलाई आवास बनाइदिने निर्णय गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

बाढी–पहिरो पीडितको घर प्रदेश सरकारले बनाई दिने

बागमती प्रदेश सरकारले प्रदेशभभित्रका जिल्लाका बाढीपहिरो पीडितका लागि घर बनाइ दिने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले बाढीपहिरोमा घर गुमाएका पीडितलाई आवास बनाइदिने निर्णय गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।

पहिरो पीडितको राहत सदरमुकाममा थन्कियो

म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकाका पहिरो प्रभावितका लागि सङ्कलित राहत सामग्री सदरमुकाम बेनीमा थन्किएको छ। पहिरो गएको एक हप्तासम्म पनि पर्याप्त राहत सामग्री ढुवानी हुन नसक्दा पीडितको दैनिकी कष्टकर बनेको छ।

उपचार अभावमा ज्यान गुमाएका राजु र वीरेन्द्रसहित तीन परिवारलाई प्रदेश सरकारको ५ लाख

उपचार नपाएर मृत्यु भएका धनुषाका राजु सदा र वीरेन्द्र गुरमैता यादवसहित अकालमै ज्यान गुमाएका तीन परिवारलाई प्रदेश २ सरकारले राहत प्रदान गरेको छ ।

७ हजार लाभग्राहीलाई तेस्रो किस्ता

आर्थिक वर्ष २०७६/०७७ मा निजीआवास अनुदान बापत ५४ करोड ६७ लाख ५० हजार अनुदान वितरण गरिएको कार्यालयले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्