१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग

सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ। सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिट निवेदन दर्ता भएको थियो।

गोडा सुन्निए, माग सुनिएन

फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर ६ दिनदेखि उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः का दुवै खुट्टा नराम्ररी सुन्निएका छन्। लगातार १२३ घन्टासम्म उभिँदा पनि उनका माग सरोकारवाला निकायले सुनेको छैन।

संविधान र अक्कडे माइलाको भैँसी

संविधान जारी भएपछि सबै भन्दा ठूलो दुर्भाग्य नवयुवराज, युवराज्ञीहरूको नवअवतार र जगजगी सुरु भयो। सुन र मानव तस्करी, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने जघन्य अपराधसमेत भए।

नीतिगत सुनिश्चतताको माग

नेपाल उद्योग परिसंघले नेपालमा वैदेशिक लगानी भिœयाउन कम्तिमा पनि पाँच वर्ष नीतिगत स्थायित्वकोसहितको सुनिश्चितता प्रदान गर्नुपर्ने माग सरकारसँग गरेको छ।

ग्याङ फाइटपछि तीन टोलको संयुक्त बैठक, प्रहरीले सुरक्षा निगरानी बढाउन माग

धरान १५ मा दुई टोलका युवाहरूबिच ग्याङ फाइट र उपमेयरको घरमा ढुंगामुढाको घटनाले असुरक्षित महसुस गरेका स्थानीयबासीहरुले टोलमा प्रहरीको सुरक्षा गस्ती बढाउन माग गरेका छन्।

‘पेट्रो–ऊर्जा अन्त्य नजिक’

संसारभर पेट्रोलियम तेल, ग्यास तथा कोइलाको माग यही दशकबाट क्रमशः घट्दै जाने विश्वभर ऊर्जा अध्ययन गर्ने संस्था द इन्टरनेसनल इनर्जी एजेन्सी (आइए)ले जनाएको छ ।

तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात

मरासिनीले यही भदौ ४ गते काठमाडौँबाट केरुङ हुँदै हुम्लाको यलवाङ बिक्री केन्द्र र सिमकोटका लागि चार हजार क्विन्टल चामल ढुवानी भएको जानकारी दिए।

बेपत्ताहरुको स्थिति सार्वजनिक गर्न माग

नेपालमा जबर्जस्ती बेपत्ता पारिएका पीडितहरूको परिवारको सत्य, न्याय तथा परिपूरणको अधिकार सुनिश्चितताका लागि सरकारसँग माग गरेका छन्।

बिरामीको दिमागबाट जुका निकाल्न सफलता

रहस्यमय रोगका लक्षण देखिएकी एक महिला बिरामीको दिमागबाट क्यानबेराका एक न्युरोसर्जनले छटपटाइरहेको जुका (वर्म) निकालेका छन्।

प्रधानमन्त्री राजीनामा देऊ !

जातीय भड्काउको अभिव्यक्ति दिने देशका कार्यकारी प्रमुखलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार हुँदैन।

वाइडबडी ‘विमान’ भ्रष्टाचारमा अमेरिकी चासो

अमेरिकी नियामक निकायको आग्रहमा नेपाल सरकारलाई विमान खरिद प्रकरणमा संलग्न रहेका दुई पूर्वमन्त्रीहरू तथा नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धकसहित १५ जनाको विवरण माग गरेको स्रोतको दाबी छ।

सरकारी विज्ञापनमा अंकुश लगाउने व्यवस्था हटाउनु पर्छ

नेपाल रिपब्लिक मिडियाले सोमबार सरकारी विज्ञापनको साङ्गोपाङ्गो विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सञ्चार उद्यमी र विज्ञापन एजेन्सीले सरकारी निकायले सार्वजनिक खरिद ऐन मार्फत सरकारी विज्ञापनमा अंकुश लगाउन खोजिएको भन्दै आलोचना गरे।

मन्त्री साहले मागिन् आइफोन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहका सहयोगीले मन्त्रीका लागि भनेर पछिल्लो मोडलको आइफोन र ल्यापटप मागेका छन्। यस्तो माग भएपछि मन्त्रालयको आन्तरिक प्रशासन शाखाले चाँडै उपलब्ध गराउने आश्वासन दिएको एक उच्च कर्मचारीले जानकारी दिए।

दुर्व्यवहार गरेको भन्दै प्रहरी निरीक्षक क्षेत्रीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र

जन प्रतिनिधिहरूलाई दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव प्रसाद क्षेत्रीलाई कारबाही गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।

पोखरा–मुग्लिन राजमार्गः पूर्वि खण्डमा ३२ र पश्चिम खण्डमा ९ प्रतिशत मात्र काम

राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आबुखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्नेमा अहिले त्यो समय झन्डै दोब्बर लाग्ने गरेको छ। दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ। निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्वि खण्ड झन्डै ३२ र पश्चिम खण्डको ९ प्रतिशत मात्र काम सकिएको छ। पूर्वीखण्डका लागि अब आठमहिना र पश्चिम खण्डका लागि एकवर्ष मात्र समय बाँकी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्