१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिरामीको दिमागबाट जुका निकाल्न सफलता

रहस्यमय रोगका लक्षण देखिएकी एक महिला बिरामीको दिमागबाट क्यानबेराका एक न्युरोसर्जनले छटपटाइरहेको जुका (वर्म) निकालेका छन्।

क्यानवेराको एक अस्पतालमा कार्यरत डाक्टर हरिप्रिया बन्दीले ६४ वर्षीय बिरामीको खप्परमा प्वाल पारेर वायोस्पी गर्ने क्रममा चिम्टाले तीन इन्ज लामो परजीवि बाहिर निकालेकी हुन्।

‘यो जीवित र चलिरहेको थियो,’ बन्दीको भनाइ उद्धृत गर्दै क्यानबेरा टाइम्सले लेखेको छ। ‘यो आफ्नो सम्पूर्ण तागत लगाएर चलेको थियो। यो देखेर हामी सबै हैरान भयाैं,’ उनले भनेकी छिन्।

यो जीव अष्ट्रेलियमा पाइने राउण्डवर्मको लार्भा थियो र यसअघि यो जीव मानिसमा परजीवि भएको रेकर्ड थिएन। यो जुकाजस्तो किरा (वर्म) सामान्यतया कार्पेट अजिंगरमा पाइने गर्छ। इमर्जिङ इन्फेक्सियस डिजिज नामक वैज्ञानिक जर्नलमा बन्दी र क्यानवेरामा कार्यरत अर्का फिजिसियन सञ्जय सेनानायेकेले यो अनौठो विषयमा वैज्ञानिक लेख लेखेका छन्।

क्यानवेराको एक अस्पतालमा कार्यरत डाक्टर हरिप्रिया बन्दीले ६४ वर्षीय बिरामीको खप्परमा प्वाल पारेर वायोस्पी गर्ने क्रममा चिम्टाले तीन इन्ज लामो परजीवि बाहिर निकालेकी हुन्।

सेनानायेके सो वर्म पाइएको बेला अर्थात् गत वर्षको जुनमा आफू अस्पतालमा ड्युटीमा रहेको बताएका छन्। ‘गत वर्ष अकस्मात मलाई एक फोन आयो। फोनमा संक्रमणको समस्या भएको एक बिरामीको दिमागबाट वर्म निकालिएको बताइयो,’ सेनानायेकेले अष्ट्रेलियन ब्रोडकास्टिङ  कर्पाेरेसनलाई भने।

ती महिला बिरामी अस्पतालमा भर्ना हुनुभन्दा तीन महिनादेखि बिर्सने रोग र अवसाद (डिप्रेसन)बाट प्रभावित थिइन। ब्रेन स्क्यान गर्दा उनको दिमागमा केही परिवर्तन देखिएको थियो।

एक वर्षअघि न्यु साउथ वेल्सको एक अस्पतालमा पेट दुख्ने, पखाला, ड्राई कफ र राति पसिना आउने लक्षणसहित उनी भर्ना भएकी थिइन्। चिकित्सकले ब्रेनको वायोस्पीबाट क्यान्सर अथवा अतिरिक्त मासु पलाएको हुन सक्ने आशंका गरेका थिए।

‘यो रहस्यमय रोगका उपचारमा क्रममा वायोस्पी लिने क्रममा चिम्टाले चलबलाइरहेको वस्तु निकालिइएको थियो। बन्दी र अपरेसन थियटरमा रहेका सबै स्तब्ध बनेका थिए,’ सेनानाएकेले भनेका छन्। यो वर्मले आफ्नो अण्डा सर्पका दिसामा पार्ने र यसलाई साना स्तरधारी जनावरले खाने गर्दछन्। सर्पका अन्य प्रजातिले यी साना स्तरधारीलाई खाएपछि यसको जीवनचक्रले निरन्तरता पाउने गर्छ।

एक वर्षअघि न्यु साउथ वेल्सको एक अस्पतालमा पेट दुख्ने, पखाला, ड्राई कफ र राति पसिना आउने लक्षणसहित उनी भर्ना भएकी थिइन्। चिकित्सकले ब्रेनको वायोस्पीबाट क्यान्सर अथवा अतिरिक्त मासु पलाएको हुन सक्ने आशंका गरेका थिए।

बिरामी ती महिला कार्पेट अजिंगरको वासस्थानमा नजिक बस्ने गर्थिन्। उनले ‘वारिगाल’ नामको हरियो साग पकाएर खाने गर्थिन्। ती बिरामी महिलाको अजिगरसँग प्रत्यक्ष सम्बन्ध नभएकाले ती महिलाले हरियो सागमा रहेको किराको अण्डा खाएको हुनसक्ने अथवा अण्डाको सँसर्गमा आएको हातले खाना खाएको हुन सक्ने वैज्ञानिकले अनुमान गरेका छन्।  

प्रकाशित: १४ भाद्र २०८० ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App