२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्व्यवहार गरेको भन्दै प्रहरी निरीक्षक क्षेत्रीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र

जन प्रतिनिधिहरूलाई दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव प्रसाद क्षेत्रीलाई कारबाही गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । 

जिल्ला प्रशासन कार्यालय मार्फत मायादेबी गाउँपालिकाका प्रमुख सहितको जन प्रतिनिधिहरूको टोलीले गृह मन्त्रालय, लुम्बिनी प्रदेश प्रहरीलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो।मायादेबी गाउँपालिका प्रमुख वलीद्दीन मुसलमान, प्रदेश सदस्य मधुसुदनशरण चौधरी, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल वडाध्यक्ष सहितको टोलीले प्रजिअ शंकर हरि आचार्यलाई ज्ञापन पत्र बुझाएको हो । सो अवसरमा उनीहरुले प्रहरी निरीक्षक क्षेत्रीले मायादेबी गाउँपालिकामा चेकजाँचको नाममा दुःख दिने, अपमान गर्ने र दुर्व्यवहार गर्ने गरेका आरोप लगाए ।

गत साउन २८ गते आइतबार जन गुनासो बढे पछि मायादेबी गाउँपालिका प्रमुख मुसलमानको नेतृत्वमा इलाका प्रहरी कार्यालयमा जाँदा प्रहरी निरीक्षक क्षेत्रीले दुर्व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ । पानी परिरहेको बेला इलाका प्रहरी कार्यालय अगाडिको बाटोमा ३ महिने दूधे बालकदेखि वृद्ध वृद्धा बसेको मोटरसाइकल जाँच क्रममा इलाका प्रहरी कार्यालयका निरीक्षक शिव क्षेत्रीले अनावश्यक दुःख दिने र बदनीयतपूर्ण व्यवहार गरेको गुनासो आएको गाउँपालिका प्रमुख बलीउद्दीन मुसलमानले बताए । जनप्रतिनिधि र प्रहरीले सहकार्य गरी जनताका हरेक समस्या समाधान गर्नुपर्नेमा प्रहरीले अनुदार भई जनतालाई दुःख दिने नियतले काम गरेको उनले बताए ।

प्रहरी निरीक्षक क्षेत्रीलाई कारबाही नगरे मायादेबी गाउँपालिकाका आम जन समुदाय सहित चरणबद्ध आन्दोलनमा जान बाध्य हुने समेत विज्ञप्तिमा चेतावनी समेत दिइएको छ । सो अवसरमा प्रजिअ शंकरहरि आचार्यले आफूले सो बिषयमा बुझने र आवश्यक कदम चाल्ने बताए।प्रहरी निरीक्षक क्षेत्री र जन प्रतिनिधि बिच असमझदारी बढे पछि मायादेबी गाउँपालिकाले प्रहरीलाई दिने सहयोग समेत रोक्का गर्ने जनाएको छ। 

प्रकाशित: ३२ श्रावण २०८० १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App