१६ आश्विन २०८१ बुधबार
image/svg+xml

डोटीमा स्वास्थ्य सामाग्री पुर्याइने

कोरोना भाइरसको चपेटामा परेका डोटी जिल्लाका केआइसिंह गाउँपालिका र शिखर नगरपालिकाका लागि पश्चिम महिला जागरण समूहको संयोजनमा स्वास्थ्य सामाग्री संकलन गरिएको छ ।

चौरजहारी घटना : हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै राँके जुलुस

जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा राँके जुलुस निकालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले सोमबार साँझ दिक्तेलबजारमा राँके जुलुस निकालेको हो ।

चौरजहारी घटना : हत्यामा संलग्न दोषीमाथि कारबाहीको मागमा संघर्ष सुरु

जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा संघर्षका कार्यक्रम थालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ति सम्मिलित समिति बनाएर संघर्षका कार्यक्रम थालिएको हो ।

धादिङका सबै स्वास्थ्य संस्थालाई सामाग्री प्रदान

दुई नगरपालिकासहित १३ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। नवजात शिसु र आमाको स्वास्थ्यको विषयमा काम गरिरहेको संस्था वान हर्ट वल्र्ड वाइडले जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री प्रदान गरेको हो।

नवराजसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न नेबिसंघको माग

नेपाल विद्यार्थी संघ खोटाङले जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याएर कारबाही गर्न माग गरेको छ ।

प्रदेश १ सरकारलाई तिब्बतले दियो ८ करोड रुपैयाँको मेडिकल सामग्री

तिब्बत सरकारले प्रदेश १ को सरकारलाई करिब ८ करोड रुपैयाँको मेडिकल सामाग्री हस्तान्तरण गरेको छ । सोमबार विराटनगरमा नेपाल चीन कार्यकारी परिषद् मार्फत ७ करोड ७३ लाख रुपैयाँ बराबरको मेडिकल सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोनाविरुद्ध खोप तयार भएको जिकिरः परीक्षण माग

हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ।

पत्रकारलाई एन ९५ मास्क

गुलरिया नगरपालिका वडानं. ६ को कार्यालयले पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जिल्लामा सक्रिय २५ जना पत्रकारलाई एन ९५ मास्क, सेनिटाइजर र ग्लोब्स लगायतको सामाग्री वडा नं. ६ को कार्यालयले महासंघमा मार्फत उपलब्ध गराएको हो ।

नगरप्रमुखलाई कारबाही माग

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई लक्षित गरी सामाजिक सञ्जालमा आएका विभिन्न टीकाटिप्पणी छानबिन तथा सत्य तथ्य सार्वजनिक गर्न नेपाली कांग्रेस इटहरीले माग गरेको छ ।

कोइकाद्वारा ७८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

दक्षिण कोरीयाली संस्था कोइकाले देशका विभिन्न चारवटा अस्पताललाई ७८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ। सो स्वास्थ्य सामाग्री आज दक्षिण कोरीयाली राजदूत एच. ई. पार्क योङ सिकले सम्बन्धित अस्पताल विकास समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका छन्।

कतार र युएईद्वारा नेपाललाई १५ टन स्वास्थ्य सामाग्री सहयोग

खाडीका दुई मुलुकहरु कतार र युएईले बुधबार नेपाललाई १५ टन स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन। कोरोना भाईरस नियन्त्रणका लागि अग्रपंक्तिमा काम गरिरहेका स्वास्थकर्मीहरुका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री सहित विभिन्न किसिमका स्वास्थ सामाग्रीहरु हस्तान्तरण गरिएको हो।

निजी खर्चमा ५० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

कोभिड-१९ संक्रमण नियन्त्रणका लागि मुख्य अस्त्र मास्क स्यानिटाइजर, ग्लोब्स पिपिई र थर्मल गन बजारमा पाउन मुश्किल छ । माग बढी आपूर्ती कम भईरहेको बेला स्वास्थ्य सामाग्री सरकारसँग अपुग छ । जिल्लामा स्वास्थ्य सामाग्रीको अभावबीच कोभिड-१९ संक्रमण नियन्त्रणका लागि सीमा नाका, क्वारेन्टाइन र चेकजाँच गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सरकारको निर्देशनमा फिल्डमा परिचालित छन् ।

क्वारेन्टाइनमा बस्नेको थरिथरिका माग

खोटाङ– नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा विदेश वा शहरबाट आउने स्थानीयलाई राख्नका लागि खोटाङका दशवटै स्थानीय तहले काम चलाउ क्वारेन्टीन बनाएका छन् । हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका लगायतका स्थानीय तहको काम चलाउ क्वारेन्टीनमा शहरदेखि विदेशबाट आउने स्थानीयलाई राखिएका छन् । तर, संकटकोबेला दुःखकष्ट गर्दै गाउँ आइपुगेका स्थानीयलाई क्वारेन्टीनमा लगेर राख्न भने सहज छैन । ‘क्वारेन्टीनमा बस्दिन’ भनेर अड्डी कस्ने आफ्ना जनतालाई कतिपय स्थानीय सरकारले क्वारेन्टीनमा बस्नका लागि ‘कन्भिन्स’ गर्न सकेकै देखिन्न । उनीहरुलाई १४ दिनका लागि क्वारेन्टीनसम्म पुर्‍याउनका लागि स्थानीय तहका जनप्रतिनिधिलाई ‘कन्भिन्स’ गर्न जती गार्‍हो छ, उत्तिकै गार्‍हो भइरहेको छ उनीहरुको माग पुरा गर्न । क्वारेन्टीनमा राखिएका कतिपय व्यक्तिले थरिथरिका माग राखेर हैरान पार्ने गरेको स्थानीय तहका प्रमुखहरु बताउँछन् । क्वारेन्टीनमा राखिएका नागरिकले ‘चुनाव त आवस, देखाइदिन्छौँ’ भन्दै धम्की दिने गरेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । ‘परदेशबाट गाउँ आएपछि घरैमा बस्छौँ भन्छ, क्वारेन्टीनमा बस्नुपर्छ भन्दा चुनाव त आवस् न भन्छ,’ अध्यक्ष राईले भने, ‘सम्झाई बुझाई क्वारेन्टीनमा लगेपछि मासु माग्छ, सुप चाहियो भन्छ ।’ विदेशबाट फर्किएका श्रीमान क्वारेन्टीनमा बस्दा बाहिर श्रीमती आएर बाहिर रुवाबासी गर्न थालेपछि श्रीमान श्रीमतीकै रुवाबासी देखिने गरेको अध्यक्ष राईले बताए । क्वारेन्टीनमा राखिएका कतिपय व्यक्तिले नेटको सुविधा, मिठो खानपिन र आरामदायी ओछ्यानको माग राख्ने गरेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । ‘नेट चाहियो भन्छ, दूध चाहियो भन्छ, ओछ्यान भएन भन्छ, कतिको माग पुरा गर्नु !,’ अध्यक्ष निरौलाले भने, ‘कसैले यस्तो ठाउँमा पनि सुत्ने हो भनेर बाहिरबाट उचालिदिँदो पनि रहेछ ।’ यस्तै, क्वारेन्टीनमा राखिएका कतिपयले खसी, कुखुराको मासु, नेटको सुविधा माग्ने गरेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए । ‘खसीको मासु चाहियो, कुखुराको मासु चाहियो भन्छ, नेट चाहियो भन्छ,’ निरौलाले भने, ‘क्वारेन्टीनमा बस्नेको माग थरिथरिका छन् ।’ सोझासिधा क्वारेन्टीनमा, टाठोबाठो होम क्वारेन्टीनमा हाल खोटाङका विभिन्न स्थानीय तहमा बनाइएको काम चलाउ क्वारेन्टीनमा ९७ जनालाई राखिएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको क्वारेन्टीनमा ७२ जना, हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टीनमा १३ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्वारेन्टीनमा १० जना, बराहपोखरी गाउँपालिकाको क्वारेन्टीनमा ७ जना, रावाबेँसी गाउँपालिकाको क्वारेन्टीनमा ७ जना, खोटेहाङ गाउँपालिकाको क्वारेन्टीनमा ६ जना र साकेला गाउँपालिकाको क्वारेन्टीनमा २ जनालाई क्वारेन्टीनमा राखिएको छ । क्वारेन्टीनमा बस्नेको व्यक्तिलाई नियल्ने हो भने सोझासिधा मात्र क्वारेन्टीनमा राखे/बसेको देखिन्छ । भारतका विभिन्न शहर, काठमाडौं, बिराटनगर, इटहरी लगायतका शहरमा पुगेर दैनिक ज्यालादारी काम गर्ने सर्वसाधारणलाई मात्र क्वारेन्टीनमा ल्याएर राखिएको स्थानीयको गुनासो छ । जिल्ला भित्रिने टाठाबाठा बाटो छल्दै गाउँघरमा पुग्दा सोझासिधा भने सम्झाई–बुझाई गरेपछि क्वारेन्टीनमा पुग्ने गरेका छन् । जिल्ला समन्वय समितिको सभाहलमा आईतबार आयोजित नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकमा स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद रिग्देलले पनि ‘सर्वसाधारण क्वारेन्टीनमा, पहुँचवाला होम क्वारेन्टीन’मा राखिएको उल्लेख थिए ।

तिब्बत सरकारले पठायो मेडिकल उपकरण

कोरोना भाइरसको संक्रमण रोक्न तिब्बत सरकारले नेपाललाई अनुदानमा सवा आठ करोड रुपैयाँ बराबर मूल्यका अत्यावश्यक मेडिकल उपकरण तथा सामाग्री उपलब्ध गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्