१६ आश्विन २०८१ बुधबार
image/svg+xml

ताप्लेजुङमा ५ सय थान आरडीटी किटको माग

करिव ५ सय थान थप आरडीटी किट माग भईरहेका बेला १ नं प्रदेश सरकारले ताप्लेजुङका लागि थप ४० थान मात्र आरडीटी किट दिने भएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलका अनुसार माग भएको तुलनामा निकै कम मात्रामा आरडीटी किट आउन लागेको हो ।

जुम्ला–जाजरकोट नाका बन्द गर्न माग

पछिल्लो समय सुर्खेत छिन्छु हुँदै जाजरकोट भएर पैदल यात्रा गरेर आउनेको संख्या बढेपछि जुम्लाबासीले तत्काल जुम्ला जाजरकोट नाका पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन् । उनीहरुले नाका बन्द गरेर आवतजाव पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन् । अहिले कर्णाली राजमार्गमा सवारी आवागमन ठप्प भएपछि भारत तथा ब्यापारका शिलशिलामा देशभित्र रहेकाहरु धमाधम जाजरकोट भएर आउन थालेका हुन् ।

तातोपानीबाट मेडिकल सामाग्री आउन थाल्याे, स्थानीय विराेधमा

शुक्रबार मात्र नाकामा तीन सय ७२ कार्टुन मेडिकल सामाग्री आइपुगेका छन्।

सेनामार्फत स्वास्थ सामाग्री खरिद विरुद्धको रिट सर्वोच्चबाट दरपीठ

सेना मार्फत स्वास्थ सामाग्री खरिद गरी संविधान विपरित सेनालाई व्यापारमा लगाएको भन्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

नेपाली तयारी चियाको माग शून्य

कोरोना भाइरस (कोभिड–१९)को त्रासले विश्वमा नेपाली तयारी चियाको माग शून्य भएको छ । बर्सेनि सवा ३ अर्ब रुपैयाँको तयारी चिया निकासी हुँदै आएकामा यो वर्ष कुनैपनि देशबाट माग नै नआएको उद्योगी–व्यवसायीले बताएका छन् ।

एनआरएनद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई बुझाएको छ। एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण गरिएको छ।

कार्टुनः प्रक्रिया छलेर नियमपूर्वक !

काठमाडौं- कोरोना उपचारको लागि सरकारले खरिद गरेका स्वास्थ्य सामाग्रीको विषय विवादित बन्यो। यो विषय विवादित बनेपछि ओम्नी समूहसँगको सम्झौता सरकारले रद्ध गर्यो। स्वास्थ्य सामाग्री खरिदबारे प्रधानमन्त्री केपी शर्मा ओलीको समेत भनाई बाहिरिएको छ। रविन सायमिले यसै विषयमा आजको नागरिकमा कार्टुन बनाएका छन्।

गरिब तथा विपन्न परिवारलाई राहत वितरण

जिल्लाको कुशे गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई ५० केजी चामल र एक प्याकेट नून दिने  निर्णय गरेको छ। गाउँपालिकाले लकडाउनले  समस्यामा परेका विपन्न परिवारलाई प्रति परिवार ५० किलो चामल र नून निर्णय गरेको हो। शनिवार गाउँपालिकाको केन्द्रमा  कार्यापालिकाका सदस्यहरु र अन्य सरोकारवालाहरुको वैठकले गाउँपालिकामा रहेका  ज्यालमा काम गर्नेले बिहान बेलुकीको खानाको जोहो गर्ने एक सय ९० विपन्न परिवारका जनतालाई खाद्य सामाग्री सहयोग गर्ने निर्णय गरेको हो।

कांग्रेसको प्रश्न : मेडिकल सामाग्री खरिद अनियमितताको अनुसन्धान र कारवाहीमा किन ढिलाइ ?

नेपाली कांग्रेसले मेडिकल सामग्री खरिद प्रक्रियामा भएको अनियमितताको अनुसन्धान र कारवाहीमा ढिलाई भएको भन्दै सरकारलाई सचेत गराएको छ।

ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध

सरकारले मेडिकल सामाग्री खरिदको लागि गरेको सम्झौता रद्ध गरेको छ। स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो।

सामान केही महंगो भए होला अनियमितता भएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा औजार खरिदमा अनियमितता नभएको स्पष्ट पारेको छ।

चीनबाट स्वास्थ्य सामाग्री लिएर आइपुग्यो जहाज

कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याइएको छ। नेपाल एयरलाइन्सको विमानले चीनबाट उक्त सामाग्री लिएर आएको हो। स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको जहाज शनिबार ग्वाङ्झाओ उडेको थियो। जहाज आइतबार बिहान साढे पाँच बजे सामान लिएर नेपाल आइपुगेको थियो।

चीनबाट स्वास्थ्य सामग्री आइतबारसम्म आइपुग्ने

नेपालले कोभिड १९ नियन्त्रणका लागि चीनबाट खरिद गरेका औषधि तथा उपकरण आइतबार आइपुग्ने भएका छन्। ती सामग्री नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत ल्याउन लागिएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले खरिद गरिएकामा कोरोनासँग लड्न आवश्यक पर्ने सबै सामग्री रहेकोबताए।

व्यक्तिगत पहलमा सुरक्षा सामग्री बनाएर स्थानीय सरकारलाई हस्तान्तरण

कोरोना त्रासका बेला स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० अभाव उच्च छ । यहीबेला झापा मेचीनगरका युवा सागर शिवाकोटीले व्यक्तिगत मिहेनतमा पीपीइ सेटको ‘फेस शिल्ड’ बनाएका छन् ।

सुरक्षाको माग गर्दैै पेन डाउन

जिल्लाको युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा डाक्टरहरूले सुरक्षाको माग गर्दै पेन डाउन गरेका छन्। स्टुडेन्ट वेलफेयर कमिटीले सोमबार डाक्टरमाथि भएको आक्रमणलाई लिएर काममा सुरक्षाको ग्यारेण्टीको माग गर्दै दोषीलाई कारवाही नभए सम्म कुनै पनि काम नगरी पेन डाउन गरेका हुन्। स्वास्थ्य सेवा दिइरहेका डाक्टरलाई कार्यकक्षमै निर्घात कुटपिट गरेको र डराउँदै काम गर्नु वातावरण नहटेसम्म आफूहरुले काम नगरि कालोपट्टी बाँधेर विरोधमा उत्रिएको उनीहरुले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्