१६ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा ५ सय थान आरडीटी किटको माग

ताप्लेजुङ- करिव ५ सय थान थप आरडीटी किट माग भईरहेका बेला १ नं प्रदेश सरकारले ताप्लेजुङका लागि थप ४० थान मात्र आरडीटी किट दिने भएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलका अनुसार माग भएको तुलनामा निकै कम मात्रामा आरडीटी किट आउन लागेको हो ।

यसअघि १ सय २० थान आरडीटी किट आएकोमा प्राय सबै किट परीक्षणमा प्रयोग भईसकेको छ । मंगलबारसम्ममा ९२ जनाको परीक्षण गर्दा उक्त संख्याका किट प्रयोग भईसकेको र बुधबार मिक्वाखोला गाउँपालिकाको पापुङमा थप १६ जनाको परीक्षण गर्नेगरी किट पठाइएको समेत पोखरेलले जानकारी दिए । चैत महिनायता भारतसहित तेस्रो मुलुकबाट आएका र क्वारेन्टाइन तथा अस्पताल एवम् स्वास्थ्य संस्थाको फिबर कक्षमा रहेकाहरुको आरडीटी परीक्षण भईरहेको छ ।

प्रत्येक गाउँपालिकाबाट चैत महिनायता भारतसहित तेस्रो मुलुकबाट आएकाहरुको तथ्याङ्क माग भई आरडीटी परीक्षणका लागि थप ५ सय थान माग भएकोमा निकै कम मात्रामा किट आउन लागेपछि अब परीक्षण प्रकृयालाई कसरी अघि बढाउने भन्ने अन्योलता सृजना भईरहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले जनाएको छ ।

प्रकाशित: ९ वैशाख २०७७ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App