१६ आश्विन २०८१ बुधबार
image/svg+xml

सत्ताधारी दलकै सांसदले मागे मुख्यमन्त्रीको राजीनामा

उपभोक्ता समितिको भुक्तानी हुन नसक्दा दुई महिनासम्म बस्न नसकेको प्रदेशसभाको बैठक सुरु भएपछि पुनः भुक्तानीकै विषयले प्रवेश पाएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा सत्ताधारी दलदेखि प्रतिपक्षी दलका सांसदसम्म भुक्तानीको विषयमा सरकारलाई घेरेका थिए।

रोल्पामा दुई बोरा सकेट बम फेला, असोजमा भेटिएका 'युद्ध सामाग्री' बारे सुरक्षा निकाय अझैं मौन

रोल्पाको थबाङ गाउँपालिका वडा नं ३ मिरुलको रापा जङ्गगलमा दुई बोरा सकेट बम फेला परेको छ। बुधवार बिहान करिव १० बजे तिर स्थानीयले घाँस काट्ने क्रममा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सुचना पाए लगतै स्थानीय रानागाउँ प्रहरी चौकीको प्रहरी टोलीले उक्त स्थानलाई सुरक्षा दिएर राखेका छन्।

ग्यासको माग बढ्यो

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ग्यासको माग अत्यधिक बढेको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुन सक्ने भन्दै उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास खरिद गर्दा यहाँ ग्यासको माग बढेको हो।

'जनताको माग संवोधन हुनुपर्‍यो, नभए मर्न तयार छौँ'

गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सरकार उदासिन भएको आरोप विस्थापित, प्रभावितहरुले लगाएका छन्। बुधबार जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन आएका प्रभावितले एकै स्वरमा भने ‘केही काम अघि बढेन, आयोजना नबन्ने खतरा बढ्यो।’

प्रदेश १ को नाम किरात राख्न माग

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले १ नम्बर प्रदेशको नाम किरात राख्न माग गरेको छ। १ नम्बर प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला अमेरिका रहेका किरात समुदाय आवद्ध युनाइटेड किरात राई अर्गनाइजेसनले प्रदेशको नामाकरण किरात राख्न माग गरेको हो। नेपालमा किरात राई यायोक्खाले १ नम्बर प्रदेशको नाम किरात राख्नुपर्ने माग उठाइरहेका बेला प्रवासमा पनि अर्गनाइजेसनले किरात नामाकरणको पक्षमा माग उठाएको हो।

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग

कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन्।

कृषि पेशालाई मर्यादित बनाउन माग

जुम्लाका किसानले कृषि पेसालाई मर्यादित बनाउन माग गरेका छन्। अहिले कृषि क्षेत्र पढेलेखेका भनिएकाहरुबाटै अपमानित हुने गरेको भन्दै किसानलाई सम्मान गर्न र कृषि पेशालाई मर्यादित बनाउन माग गरेका हुन्। वरिष्ठ किसान रामकृष्ण बुढ्थापा कृषि क्षेत्रको विकासको लागि किसानमैत्री क्रियाकलाप ल्याउन जरुरी रहेको बताउँछन्। उनले भने,‘ जसका लागि शिक्षित वर्गलाई अनुशासित र लगनशिल बनाउनुपर्छ। यो निती राज्यले लेओस।’

सामुदायिक विद्यालयमा आकर्षण बढाउन शैक्षिक सामाग्री विरतण

सामुदायिक विद्यालय तर्फ आकर्षण बढाउन विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ। अभिभावक तथा विद्यार्थीहरुको आकर्षण निजी विद्यालय तर्फ बढ्दै गएका बेला जिल्ला सदरमुकाम अमरगढी नगरपालिका सामुदायिक विद्यलयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्यागसंगै शैक्षिक सामाग्री समेत दिइएको हो।

पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्री संग्राहलयमा राखिने

सरकारले पुरातत्व सम्पदाको पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने भएको छ। पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुनर्निर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताएका हुन्।

मासिक २० हजार माग गर्दै वडा सदस्यको ज्ञापनपत्र

रौतहटको एउटा नगरपालिकाका वडा सदस्यहरुले विभिन्न सुविधाका साथै बजेटको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। रौतहटको गढीमाई नगरपालिकाका जनप्रतिनिधि वडा सदस्यहरुले नगरपालिका कार्यालयमा वडामा जाने विकास बजेटको साठी प्रतिशत माग गरेका छन्। नगरपालिकाको हरेक वडामा हुने विकास निर्माणको चालीस प्रतिशत सम्बन्धित वडाध्यक्ष र साठी प्रतिशत बजेट चारजना सदस्यले बराबरी भागबन्डामा पाउनु पर्ने नियम बनाउन माग गरेका छन्।

बेत–बाँसका समाग्री संकटमा

निगालो, बेत–बाँसका सामग्री बिग्रँदा हातैले मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ, प्लास्टिकका सामग्री यसरी मर्मत गर्न सकिँदैन। ग्राहकले भने यसतर्फ खासै ध्यान दिएका छैनन्।

पुल बनाउने माग गर्दै स्थानीयद्वारा चक्काजाम

बागमती नदीमा निर्माणाधीन पुलमा स्थानीय सरकारको मिलोमतोमा अनियमितता भएको भन्दै रौतहटको समनपुरमा स्थानीयबासीले कारबाहीको माग गर्दै चक्काजाम गरेका छन्। विकासको विषयलाई लिएर स्थानीयले चक्काजाम गरेको यो पहिलोपटक हो।

माध्यामिक विद्यालय शिक्षक युनियनका यस्ता छन् सरकारसँग माग

माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शिक्षा ऐन साविकको उमाविमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको छ।

प्रहरी चौकी अन्यत्र नसार्न सांसदको माग

प्रतिनिधिसभा सांसद बिशाल भट्टराईले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित प्रहरी चौकीलाई यथास्थानमा राख्न माग गरेका छन्। मंगलबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन–पत्र बुझाउँदै प्रतिनिधिसभा सांसद भट्टराईले २०२१ सालमा स्थापना गरिएको प्रहरी चौकीलाई अन्यत्र नसार्न माग गरेका हुन्।

तीन बुँदेमा ध्यान नदिँदा १३ बुँदे माग सम्बोधन गर्न बाध्य

रसुवाको उत्तरगया गाउँपालिका वडा न १ मा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत आयोजनालाई एक साताभित्र १३ वटा माग सम्बोधन गर्न दबाब परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्