१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्यासको माग बढ्यो

वीरेन्द्रनगर– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ग्यासको माग अत्यधिक बढेको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुन सक्ने भन्दै उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास खरिद गर्दा यहाँ ग्यासको माग बढेको हो।

पहिला एउटा पसलमा करिब दुई/तीन सय ग्यास सिलिन्डर माग हुने पसलमा अहिले सात÷आठ सय बढी ग्यास सिलिन्डरका माग हुन्छ। वीरेन्द्रनगरमा अधिकांशले ग्यास सिलिन्डर प्रयोग गर्छन् । एउटा व्यक्तिलाई आवश्यकभन्दा बढी दुई/तीनवटा सिलिन्डर लिँदा ग्यास अभाव भएको ग्यास व्यापारीहरूको भनाइ छ । सुर्खेतमा करिब चार दिनसम्मलाई पुग्ने ग्यास भएको ग्यास व्यापारी तारा दाहालले बताए ।

‘नाका बन्दीको डरले मान्छेले पहिलानै ग्यास लिएर राखेका छन्,’ उनले भने, ‘त्यसैले ग्यासको माग बढेको छ ।’ भूकम्पपछि जस्तो नेपालमा नाकाबन्दी लागे सुर्खेतलगायत कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लामा ग्यास अभाव हुने उनको भनाइ छ । सामान्य समयमा पाँच सय बराबर ग्यास बिक्री गरेको भन्दै उनले भने, ‘अहिले नौ सयभन्दा बढी ग्यास सिलिन्डरको माग आउँछ ।’

जिल्लामा अहिले ग्यासको माग बढ्दै गएको अर्का व्यापारी धनबहादुर रावतले जानकारी दिए । उनका अनुसार मनकामना ग्यास दिई दिनदेखि अभाव छ । होली पर्वको कारण ढुवानी नहुँदा दुई दिनदेखि मनकामनाका ग्यास अभाव भएका मनकामना ग्यास कम्पनीका एमडी राजेश श्रेष्ठले जानकारी दिए ।

‘काठमाडौंलगायत पूर्वतिर कोरोना जोखिमका कारण नाका बन्दी हुन्छ भन्ने हल्लाले यता पनि आउको छ,’ उनले भने, ‘हल्लाको पछि लागेर एउटा सिलिन्डर भएको मान्छेले तीन/चारवटा खरिद गरेका छन् ।’ जसले गर्दा ग्यासको माग बढेको छ । उनले नाकाबन्दीको त्रासले नभई होलीका कारण ढुवानी हुन नसक्दा कर्णालीका जिल्लामा ग्यास जान नसकेको बताए । अबको एक/दुई दिनमा पर्याप्त ग्यास कर्णाली पठाउने उनको भनाइ छ ।

यतिबेला जथाभावी ग्यास प्रयोग गर्नुभन्दा आवश्यकताअनुसार प्रयोग गर्न ग्यास व्यापारीहरू सुझाएका छन् । मनकामना ग्यास भने तीन दिनदेखि अभाव देखिएको छ । यता उपभोक्ताहरूले भने ग्यास व्यापारीको मिलमतोमा मनकामना ग्यास लुकाइएको आरोप लगाएका छन् । यतिबेला भेरी ग्यासको व्यापार वृद्धि गर्नलाई स्थानीय व्यापारीले कमिसनको लोपमा मनकामना ग्यासको कृतिम अभाव गराएको उनीहरूको भनाइ छ ।

प्रकाशित: २७ फाल्गुन २०७६ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App