१६ आश्विन २०८१ बुधबार
image/svg+xml

राज्यमन्त्री मानन्धरद्वारा ट्राफिक सामाग्री हस्तान्तरण

ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामाग्री हस्तान्तरण गरिएको छ। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गरेका हुन्।

विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रका प्रचार सामाग्री हटाइँदै

काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामाग्री हटाउने कार्यलाई तीव्रता दिएको छ। अहिले बानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम भइरहेको छ।

कीर्ते उपभोक्ता समिति खडा गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विधिवत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर किर्ते कागजात खडा गरी गठन गरिएको अर्को उपभोक्ता समितिलाई योजना सम्झौता गराइएको भन्दै कांग्रेसको छायाँ सरकार बिरोधमा उत्रिएको छ।

हिमागृह व्यवसायीलाई दिन नहुने पोखरेली अडान

मुलुक संघीय संरचनामा गएसँगै प्रादेशिक पूर्वाधारका रूपमा उपयोग गर्ने योजना थियो यहाँस्थित हिमागृहलाई। लामो समयदेखि उपयोगविहीन हिमागृहलाई करिब दुई वर्षअघि प्रदेश मुख्यमन्त्रीको आवासगृह बनाउने तयारी थियो। तर पोखरेलीको विरोधपछि मुख्यमन्त्रीको आवासगृह बनाउने योजना असफल भयो।

हिमागृहमा पनि यतीका आँखा

यती होल्डिङ्स प्रालिलाई गोकर्ण रिसोर्टको लिज अवधि थपसँगै हिमागृहसम्बन्धी पुरानो निर्णय कार्यान्वयनका लागि फेरि चलखेल सुरु भएको छ। अहिले ‘माथिको आदेश’ भन्दै त्यही निर्णय कार्यान्वयनका लागि ट्रस्टका उच्च अधिकारी नै लागिपरेका छन्।

सामाग्रीहरु एकै दिन बिक्री भएपछि खुसी भए राउटे

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि जारी प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवमा राउटे समुदायले राखेका सामाग्री एकै दिनमा सबै बिक्री भएका छन्। उनीहरूले बनाएका सामाग्री दर्शकको रोजाइमा पर्न थालेको छ।

दुधकोशी जलविधुत आयोजना : प्रभावित क्षेत्रमा राख्न माग

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले दुधकोशी किनारका भू–भागलाई अति प्रभावित क्षेत्रमा राख्न माग गरेको छ।

प्रहरी चौकी अन्यत्र नसार्न स्थानीयको माग

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्थानीयले प्रहरीचौकी सछितापोखरीलाई अन्यत्र नसार्न माग गरेका छन्।

बालश्रम र बालविवाह मुक्त बनाउन माग

जिल्ला बालक्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बालभेलाले गान्धीव गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

सिद्धिचरण लोकमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

वर्षौंदेखि जिर्ण र धुले सडकको उपमा पाएको सिराहाको मिर्चयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको स्तरोन्नति गर्न माग गर्दै उदयपुरबाट गएको प्रतिनिधिमण्डलले सोमबार भौतिक योजना तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ।

श्रेणी र पारिश्रमिक निर्धारण गर्न सामाजिक परिचालिकाको माग

मुलुकभर कार्यरत सामाजिक परिचालिकाले शैक्षिक योग्यता र अनुभवका आधारमा श्रेणी निर्धारण गर्न र सोही अनुसार पारिश्रमिकको व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ समक्ष माग गरेका छन्।

भारतमा बलात्कारीलाई कठोर सजाय माग

भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ।

विद्यालय समयमा टिप्पर रोक्न माग

बर्दिया सदरमुकाम गुलरिया बजारदेखि जब्दी पुलसम्मको सडकलाई विद्यालय समयमा सुरक्षित सडक घोषणा गर्न स्थानीयवासीले माग गरेका छन्। विद्यालय समयमा राधाकृष्ण चोकदेखि सुरू हुने सडकमा अत्यधिक विद्यार्थीको चाप हुने र त्यस सडकमा १२ स्कुल पर्ने भएकाले दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासीले सुरक्षित सडक घोषणा गर्न माग गरेका हुन्।

परालका सामग्री

‘परालको जुत्ता हरिसीद्धीको ब्राण्ड जस्तै हो,’ हरिसीद्धी–२९ का वडा सदष्य मधुवन महर्जन भन्छन, ‘यहाँ बुनेका पराले जुत्ता पाटन, भक्तपुर, असन लगायत विभिन्न ठाउँमा विक्रीका लागे पुग्ने गर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्