६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राज्यमन्त्री मानन्धरद्वारा ट्राफिक सामाग्री हस्तान्तरण

काठमाडौं- ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामाग्री हस्तान्तरण गरिएको छ। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गरेका हुन्। मन्त्री मानन्धरले हन्तान्तरण गरिएका सामाग्रीहरुले ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने बताए।

पैदल यात्रुलाई व्यवस्थित गर्न सकिए सम्पूर्ण ट्राफिक नै व्यवस्थापन हुने बताउँदै मन्त्री मानन्धरले बाटो काट्दा स्टप लेखिएको बोर्ड बोकेर पास गर्नुपर्ने र माइकबाट पनि सन्देश प्रभाह हुने बताए। पैदल यात्रुले जेब्रा क्रसिङ वा आकाशे पुलबाट मात्रै बाटो काट्नुहोला, बाटो काट्दा सडकको दायाँबायाँ अनिवार्य हेर्नुहोला’ जस्ता सन्देश माइकमा बस्ने उनले बताए।

सुरुमा सिंहदरबार र बानेश्वरमा परिक्षणका रुपमा उक्त सामाग्रीहरु प्रयोग गरिने छन्। ट्राफिकलाई प्राप्त सामाग्रीहरुको भरपुर उपयोग गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बताए।

प्रकाशित: २५ पुस २०७६ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App