१६ आश्विन २०८१ बुधबार
image/svg+xml

अपांगता भएकाहरूलाई सहारा सामाग्री

गजुरी गाउँपालिका–१ भदौरेका १५ वर्षीय सुमन भण्डारी अपांग छन्। जन्मेको दुई वर्षमा हातखुट्टा लुलो हुने र हिँड्न नसक्ने भएपछि ओछ्यानमै थलिए। उनी बोल्न सक्दैनन्। आमा मन्जु भण्डारीले उनको रेखदेख गर्दै आइरहेकी छन्। उनी अपांगता भएकैले बुबाले साथ छाडे, अर्कैसँग बिहे गरेपछि घरपरिवार चलाउनेदेखि अपांग छोराको स्याहारसुसार मन्जुले नै गर्दै आइरहेकी छन्।

तेहेरो कर हटाउन माग गर्दै उपभोक्ता सडकमा

सरकारले लगाएको तेहेरो करको विरोधमा बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा हजारौँ उपभोक्ता जम्मा भएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घको आह्वानमा बर्दिया जिल्लाका उपभोक्ता विरोधस्वरुप सडकमा उत्रिएका हुन् ।

रेशम चौधरीलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने जनजाति महासंघको चेतावनी

नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ।

दसैंमा खेलाडीलाई खेल सामाग्री

फुटबल खेलाडीलाई जुत्ता बाहेक सबै खेल सामाग्री उपलब्ध गराएको वडा कार्यालयले जानकारी दिएको छ। पहिले कपडाको बल बनाएर खेलमैदानमा फुटबल अभ्यास हुन्थ्यो, कहिले बलको अभाव, कहिले अन्य सामाग्रीको, भैरवनाथ युवाक्लवका अध्यक्ष रोशन श्रेष्ठ भन्छन्,

पुलको माग गर्दै २५ दिनदेखि अनशन

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ। अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए।

मासुजन्य जनावरकाे तस्बिरमा गाईकाे फाेटाे राख्नेलाई कारवाहीको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको समेत तस्वीर राखी गाईलाई मासुजन्य जनावरका रुपमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उद्योगीलाई मागअनुसार बिजुली दिन पूर्वाधार निर्माण तीव्र

प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम भइरहेको छ।

पशु चौपाया मार्नेलाई कडा कारवाहीको माग

पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ। आज काठमाडाैँ आयोजित पत्रकार सम्मेलनमा खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरुपमा वर्वरतापूर्वक मारिएको तथा नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जङ्गलमा भीरबाट खसालेर मारिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाहीको माग गरिएको हो।

यल पञ्चदान

भिक्षादान वा दान ग्रहणको परम्पराले दान लिने वा दिने दुवैको धार्मिक तथा आध्यात्मिक समुन्नति भई मोक्ष प्राप्त हुन्छ। यसैक्रममा पाटनमा बर्सेनी मनाइने यल पञ्चदानको चर्चा गरौं। यल पञ्चदान वा पञ्जरा बौद्धमाग्रीले श्रावण शुक्ल अष्टमीका दिन मनाउँछन्।

शिक्षकको माग गर्दै विद्यार्थीले फुटाए गाउँपालिका भवन र वडाध्यक्षको टाउको !

रुपन्देहीको मर्चवारी गाउँपालिकामा विद्यार्थीहरुले तोडफोड गरेका छन्। मर्चवारी  गाउँपालिका वडा नं. ३ स्थित श्रीमती मनराजी देवी माविका विद्यार्थीहरुले शिक्षकाको माग गर्दै गाउँपालिका भवन तोडफोड गरेका हुन्।

विद्युत आपूर्ति नियमित गर्न माग

विद्युतभार कटौती अन्त्य भएको लामो समय भइसक्दासमेत शहरी क्षेत्रमा अघोषित रुपमा विद्युत् कटौती भइरहेकामा प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको छ।

सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीको राजीनामा माग गरेको छ।

सडक दुर्घटनाको कारण खोजी समाधान गर्नुपर्ने माग

सङ्घीय संसद, प्रतिनिधिसभाका सांसदले दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्