१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रक्तसञ्चार केन्द्रमा रगतको माग बढ्दो

विराटनगर- विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रमा रगतको माग बढेको छ।

दिनदिनै बढेको गर्मीका बिरामीको सङ्ख्या बढ्न थालेपछि रगतको माग बढेको हो। केन्द्रका अनुसार दैनिक ६० जनाभन्दा बढी मानिस बिरामीका लागि रगत लिन आउने गरेका छन्।    

आवश्यकता अनुसार रगतको माग पूरा गर्न धेरै समस्या भइरहेको सो केन्द्रका प्राविधिक इञ्चार्ज शिवनन्द यादवले बताए। रगतको माग बढी छ तर आपूर्ति भने कम रहेकाले आवश्यकता अनुसार रगत वितरण गर्न नसकेको इञ्चार्ज यादवको भनाइ छ ।     

विराटनगर पछिल्लो समयमा अस्पतालका केन्द्र बन्न लागेको र सबै क्षेत्रबाट बिरामीको चाप यहाँका अस्पतालमा देखिन्छ। क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रमा दुई सयभन्दा बढी सङ्घ संस्थाले गरेको रक्तदानबाट रगत सङ्कलन हुने गरेको छ।     

बिरामी भएर रगतको आवश्यक परेर आउनेमा मोरङ, सुनसरी र छिमेकी देश भारतबाट बिरामी छन्। नेगेटिभ ग्रुपका रक्त कम हुने भएकाले कहिले काहीँ समस्या हुने गरेको इञ्चार्ज यादवले बताए।

गएको वर्षमा केन्द्रमा १९ हजार पिन्ट रगत सङ्कलन भएर वितरण भएको छ भने यस वर्ष सोभन्दा बढी रगत सङ्कलन गर्ने योजना केन्द्रले बताएको छ।रासस
 

प्रकाशित: १९ भाद्र २०७६ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App