१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग

पाँचथर - पाँचथरका स्थानीय तहलाई करुणा फाउन्डेसनले स्वास्थ्य सामाग्री सहयोग गरेको छ। १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोको पहलमा मातृ शिशु तथा अपाङ्गताको क्षेत्रमा कार्यरत फाउन्डेसनले सामाग्री सहयोग गरेको हो।

मन्त्री आङ्बोका अनुसार प्राईभेट प्रोटेक्टिभ ईक्युमेन्ट (पिपिई), आइआर थर्मोमिटर, एन ९५ मास्क, सर्जीकल ग्लोब्स, सेनीटाईजर लगायतका सामाग्री सहयोग भएको छ। 

फिदिम नगरपालिकालाई तीन थान पिपिइ, तीन थान थर्मोमिटर,  थान एन ९५ मास्क सहयोग गरीएको छ। यस्तै  ५ सर्जिक सर्जिकल मास्क, १० लिटर सेनिटाइजर लगायतका सामाग्री प्रदान भएको छ। 

यस्तै सात स्थानीय तहलाई २ थानका दरले पिपिइ, दुई थान दरले थर्मोमिटर, ५ सय थानका दरले ग्लोब्स, सेनिटाईजर, हेण्डवासिङ सामाग्री प्रदान गरिएको छ। शुक्रबारनै सबै स्थानिय तहमा सामाग्रीहरू पुग्ने मन्त्री आङ्बोले बताए।

प्रकाशित: १२ वैशाख २०७७ ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App