६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

ओलीको मौनताले नेपाल समूहमा अन्योल

नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ ।

नेपाल समूहको निष्कर्ष अध्यक्ष ओली नै बाधक

विवाद निरुपण गर्न अधिकतम लचकता अपनाउने भन्दै आइतबार राति अबेरसम्म छलफलमा बसेका नेपाल समूहका सांसदसहितका नेता ओली सहमतिमा आउनै नचाहेको निष्कर्षमा पुगेका छन्। पार्टीलाई एकताबद्ध बनाउन अझै पनि पर्खने भन्दै नेपाल पक्षले सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ।

नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई भोलि ९ बजेसम्मको अल्टिमेटम

सो समूहले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न १३ घन्टेअल्टिमेटम दिँदै प्रधानमन्त्री ओलीले प्रतिवद्धता पूरा गरेको खण्डमा भोलि संसदमा विश्वासको मत दिने नेता योगेश भट्टराईले बताए।

दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा

दैलेखमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला कमिटी गठन गरेको घोषणा गरेको छ। बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।

नेपाल समूहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

'एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ'

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन्।

नेपाल समूहको छुट्टै कार्यालय

नेकपा एमालेका माधवकुमार नेपाल समूहले विराटनगरमा छुट्टै कार्यालय स्थापना गरेको छ। नेपाल समूहले विराटनगरस्थित तीनपैनीमा दुई तले घर भाडामा लिएर विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय सञ्चालनमा ल्याएको हो।

'फ्लोर क्रस मतदान' ओलीविरुद्धको संकेतमात्रै : युवराज ज्ञवाली

नेकपा एमाले खनाल–नेपाल समूहका उपाध्यक्ष युवराज ज्ञवालीले कर्णाली प्रदेशमा मुख्यमन्त्रीका पक्षमा भएको ‘फ्लोर क्रस मतदान’ अध्यक्ष केपी शर्मा ओलीको ज्यादतीविरुद्ध संकेतमात्रै भएको बताएका छन् ।

नेपाल समूहले पनि मुख्यमन्त्री शाहीको साथ छोड्ने संकेत

सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छोड्ने तयारी गरेका छन्। चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरूको समर्थन कायमै रहेको बताएको थियो।

‘पार्टीभित्रै संघर्ष आत्मसमर्पण असम्भव’

नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरू त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन्। नेपाल समूहका नेताहरूले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो।

हामी भेलामा व्यस्त छौं, ओलीले बोलाएको संसदीय दलको बैठकमा जान सक्दैनौं : योगेश भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष नजाने भएको छ। आजदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलन नेता योगेश भट्टराईले आफूहरु भेलामा व्यस्त हुने भएकाले भोलिको संसदीय दलको बैठकमा जान नसकिने बताए।

माधव नेपालको राजनीतिक प्रस्ताव : ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपियो (पूर्णपाठ)

नेकपा एमाले नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा माधव नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन्। उनले पेश गरेको प्रस्तावमा कम्युनिस्ट आन्दोलनमा असाधारण परिस्थिति आएको विश्लेषण गरिएको छ।

नेपाल समूहको सानेपा भेलामा मोहनचन्द्र अधिकारीदेखि राधाकृष्ण मैनालीसम्म

नेकपा एमाले (नेपाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलामा काठमाडौंमा सुरु भएको छ। सानेपामा भइरहेको भेलामा झापा आन्दोलनदेखिका नेता मोहनचन्द्र अधिकारीदेखि राधाकृष्ण मैनालीसम्म सहभागि भएका छन्।

'भेलाबाट ओलीका गुटगत गतिविधि र पार्टी विभाजनको प्रयासलाई आधारभूत तहसम्म पुर्‍याउछौं'

नेकपा एमाले (माधव नेपाल) समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको प्रयास गरेको निष्कर्ष निकालेको छ। नेपाल समूहका तर्फबाट मंगलबार नेता योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा ‘बैठकमा नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेको’ उल्लेख छ।

धुम्बाराही बैठकपछि बसेको नेपाल समूहको भेला सकियो, राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय

नेकपा एमाले (माधव नेपाल) समूहको भेलाले चैत ४ र ५ गतेका लागि निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँगको छलफलपछि बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको भेलाले यसअघि नै निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला तोकिएकै मितिमा गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्