coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'फ्लोर क्रस मतदान' ओलीविरुद्धको संकेतमात्रै : युवराज ज्ञवाली

नेकपा एमाले खनाल–नेपाल समूहका उपाध्यक्ष युवराज ज्ञवालीले कर्णाली प्रदेशमा मुख्यमन्त्रीका पक्षमा भएको ‘फ्लोर क्रस मतदान’ अध्यक्ष केपी शर्मा ओलीको ज्यादतीविरुद्ध संकेतमात्रै भएको बताएका छन् । अध्यक्ष ओली निरन्तर नकारात्मक ढंगबाट अघि बढेको भन्दै ज्ञवालीले अब पनि नसुध्रिए कर्णालीको दृष्टान्त अन्य प्रदेशमा पनि दोहोरिने चेतावनी दिए ।  

‘कर्णालीमा भएको फ्लोर क्रस मतदान संकेतमात्रै हो । नकारात्मक ढंगबाट ओलीजी हिँडे हाम्रा पनि थुप्रै विकल्प छन् भन्ने उदाहरण कर्णालीमा देखाएका हौं,’ ज्ञवालीले नागरिकसँग भने । कर्णाली प्रदेशमा फ्लोर क्रस भए पनि अन्य प्रदेशका हकमा यस्तो योजना बनिनसकेको ज्ञवालीले बताए ।  

उनले कर्णालीमा भएको फ्लोर क्रसलाई देश, लोकतन्त्र र कम्युनिस्ट आन्दोलन बचाउने अभियानको उच्चतम नमुनाका रुपमा अथ्र्याए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रतिगमन लादेको आरोप लगाउँदै ज्ञवालीले त्यसविरुद्ध कर्णालीमा नयाँ एकता गर्नु परेको बताए । ‘देशमा प्रतिगमन लादियो, यसको प्रतिकारमा हामी सबै एक हुन जरुरी छ,’ ज्ञवालीले भने, ‘कर्णालीमा यही सन्देश दिएका हौं ।’

प्रकाशित: ४ वैशाख २०७८ ००:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App