बुवाको चिन्ता
म एउटा जाबो डुब्न लागेको घामको भन्दा बरु मलाई तिमी बिहानी घामको पो चिन्ता छ। त्यही चिन्ताले पो मलाई अस्वस्थ्य बनाउला जस्तो छ। हिजोआज तिमीहरूको न खाने ठेगान न सुत्ने ठेगान यस्तो पनि हुन्छ? दिनरात मोबाइलमा झुन्डिएको छ। मोबाइल बन्द गर्यो फेरि टिभीमा झुन्डियो। तिमीहरूको यो खराब जीवनशैलीले तिमीहरूको स्वास्थ्यमा कति असर गरेको छ, तिमीहरूले सोचेको छौ?