सोनाम सज्जन किराती
हामी छौ
त यो धरती
स्वस्थ छ
र मात्र
समयको
गति सही
चलिरहेकाले पो त
यो दुवैमध्ये
एकमा गडबड
भो भने
हाम्लाई कुन
भगवानले बँचाउने
या दाइजो
थपी दिएलान्?
यसर्थ यी
दुवै स्वस्थ रहून्
यसको स्वस्थता
ख्याल गर्न
हर मानिसको
बुद्धि फिरोस्
फलफूल खेतीले
यही सिकाइरहन्छ।
प्रकाशित: ९ माघ २०७८ ०६:३० आइतबार