८ वैशाख २०८१ शनिबार
कला

मेरो गर्लफ्रेन्डसँग विवाह गर्ने तँ को होस्

लघुकथा

अरुण ‘नदी’

राजुको पुरानो साथी जीतुसँग भेट भयो। जितुले राजुलाई सोधिन्, ‘केटाकेटी कति भयो?’

राजुले जवाफ फर्काए, ‘मेरो विवाह भएको छैन। आफूलाई सुहाउने केटी अझै भेट्याउन सकिनँ।’

राजुको मोबाइल नम्बर टिप्दै जितुले आश्वस्त तुल्याइन्,‘तपाईलाई सुहाउने केटी म खोजिदिन्छु। विवाह भोज पनि खान पाइन्छ।’

एकहप्तापछि जितुले तिमीलाई मैले सुहाउने केटी फेला पारेको छु भनेर राजु र केटीलाई भद्रकाली मन्दिरमा बोलाइन्।

उनीहरूको भेटघाट र मन परापर भयो। त्यसपछि उनीहरूको विवाहको लगनको दिन पुरोहितलाई हेर्न लगाएर त्यहीं भद्रकाली मन्दिरमै उनीहरूको विवाह भयो।

विवाह हुँदै गर्दा एकजना केटा आए र एक्कासि दुलाहालाई थप्पड ल्याउँदै भने,‘हामी सँगै पढेका साथी हौं। मेरो गर्लफ्रेन्डसँग विवाह गर्ने तँ को होस्।’

राजुले भने, ‘हामीलाई तिम्री प्रेमिकाले मेरो ब्वाइफ्रेन्ड छ भनेर  किन नभनेको त। हाम्रा के गल्ती छ र?’

त्यो केटाले तिमीले मलाई यस्तो धोका दिने भन्दै केटीलाई मोटरसाइकलमा हाले र हुइँक्याए।

प्रकाशित: ८ माघ २०७८ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App