२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

बिचरा ठुल्दाइ

लघुकथा

मधुसूदनप्रसाद घिमिरे

–हाम्रो ठुल्दाजुको भाग्य नै के हो के हो। भएको जागिर पनि सिद्धियो। छोराछोरी पढाए, बढाए र व्यवहार सिद्ध्याए। अब त बुढै पनि देखिए। खै मनमा शान्ति छ जस्तो पनि देखिंदैन। के भको पो हो कुन्नि।

यसरी नौलीले आफ्ना साथीहरूसँग कुरा गर्दैथी।

च्वाँचेले भन्यो, ‘आ त्यसो हैन नानी! ती दाजुलाई सबै ठिकै छ। मान्छे विद्वान पनि हुन्। उनको कदरचाहिं कतैबाट पनि भएकै छैन। त्यसै भएर निराश जस्ता देखिएका छन्।’

– उनका कुराहरू गहन पनि छन्। रसिक  पनि छन्। राम्रा कुरा सुन्ने यो समाजमा फुर्सद कसको छ र? त्यै भएर तिनी निराश भएका मात्र हुन्।

–उनको व्यवहारमा त उनी पक्का पो छन् ए तर अलि बिर्सने बानी भएछ बुढाको। अस्ति मात्र एकजनासँग पच्चिस हजार लिएछन्। बगलीमा हालेका थेरै अन्तै पो पारेछन्। घर गएर बगली छाम्दा पो बुढा छाँगाबाट खसेका जस्ता भए। यो बिर्सने बानीले बुढा दाइलाई सारै गारो पार्दै आएको छ। बुढा त झन्डै मुर्छा परेका रे। उनको ग्रहदशा पनि ठिक छैन कि कसो? बिचरा ठुल्दाइ!

प्रकाशित: ९ माघ २०७८ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App