२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

'सडक विस्तारपीडित'को बन्दमा आंशिक प्रभाव (लाइभ भिडियाे)

काठमाडौं उपत्यकामा जारी सडक विस्तारको विरोध गर्दै उपत्यकाका जग्गा तथा घरधनीहरुले आह्वान गरेको बन्दका कारण बुधबार राजधानीकाे यातायातमा सामान्य प्रभाव देखिएकाे छ।

बन्देज लगाउन अनुगमन बढाउँदै प्रशासन

विद्यालयवरिपरि सुर्तीजन्य र लागू पदार्थ बिक्रीवितरणमा बन्देज लगाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुगमन बढाउने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले विद्यार्थीलाई लक्षित गरी विद्यालय आसपास सुर्ती र मदिराजन्य पदार्थ बिक्रीले शैक्षिक वातावरण नै खलबलाएकाले रोक लगाउन प्रभावकारी कदम चालिने बताए।

नाकाबन्दीमा मधेसी नेताको कमाइ : ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले 'तथाकथित' भन्दै मधेसी मोर्चाको ओलाचना गरेका छन्। मोर्चाले गरेको आन्दोलनलाई पनि उनले तथाकथित मधेस आन्दोलन भनी  टिप्पणी गरेका छन्।

पोषण सुरक्षासँगै आम्दानीको दरिलो माध्यम बन्दै घरबगैंचा

कुनै समय थियो, पात्लेखेत–८, कल्छेबेसी गाउँका बासिन्दा किनमेल र काम विशेषले नजिकैको पाँचखाल बजार पुगेका बेलामा तरकारी किनेर ल्याउँथे। त्यही तरकारीले धेरै छाक टार्दथे।

हत्याको विरोधमा प्रदर्शन, लुम्बिनी बन्दकाे अाह्वान

युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् ।

पहिरोले ‘काल’ बन्दै मध्यपहाडी लोकमार्ग

बर्खायाममा झरेको पहिरो नपन्छाउँदा मध्यपहाडी लोकमार्ग जोखिमपूर्ण बन्दै गएको छ। जताततै खसेको पहिरो सफा नगर्दा सडक साँघुरो भएपछि मध्यपहाडी लोकमार्ग नै काल बन्दै गएको स्थानीयको बुझाइ छ। भुवनेश्वरीको मुर्किबेशी, वितिजोरको सुलिभन्ज्याङलगायतको स्थानमा सडक निर्माण गर्नकालागि जिम्मेवारी लिएको वर्षौं बित्दासमेत ठेकेदारले काम सम्पन्न गरेका छैन्।

बन्द फिर्तापछि गुल्मीको जनजीवन सामान्य बन्दै

सरकारले प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा आह्वान गरिएको गुल्मी बन्द आज बिहान ११ बजेदेखि फिर्ता भएको छ । गुल्मी बन्दको २०औँ दिनमा आन्दोलन फिर्ता भएपछि जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेको छ ।

अग्रवाललाई रोक्न मोर्चाबन्दी

त्रिवि, चिकित्साशास्त्र अध्यायन संस्थान (आइओएम) डिनमा वरिष्ठताका आधारमा नियुक्त भएयता डा.जगदिशप्रसाद अग्रवालले काम गर्न पाएका छैनन्। उनको नियुक्ति भएको आइतबार १५ दिन पुगेको छ। दलहरूबीचको भागबन्डामा आइओएम डिन कांग्रेस भागमा परेको थियो।

अर्घाखाँचीमा बन्दकर्ताद्वारा सरकारी कार्यालयमा तालाबन्दी

पाँच नम्बर प्रदेशलाई विखण्डन गर्न लागिएको बिरोध गरिएको आमहड्तालको तेस्रो दिन आइतबार आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयमा तालाबन्दी गरेका छन्। जिल्ला प्रशासन कार्यालय बन्द छ । सरकारी कार्यालयका कामकाज ठप्प पारेपछि अधिकांश कर्मचारी घर फर्किएका छन्।

स्मार्ट बन्दैछन् किसान

सेताम्मे हिमालमा घाम टल्किँदा सुन्तली दनुवार बारीमा गोडमेल गर्दै थिइन्। बारीमा काउली, टमाटर जस्ता तरकारी हुर्किरहेका छन्। यिनै तरकारीको गोडमेल गर्नु उनको दिनचर्चा हो। काभ्रे, महादेवस्थानको भोटेरुम्टीकी सुन्तलीको घरमा पुग्दा आगनमा उनका नाति खेल्दै थिए। 'आज बूढाले खेताला लिएर धान उठाउन खेत गएका छन्,' बारीबाट घरतिर उक्लँदै उनले भनिन्, 'घाम ताप्दै, यसो तरकारी बारीमा पसेकी।'

बन्दले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित

संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको आम हड्तालका कारण बिहीबार मेची र कोसीका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ, झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम र संखुवासभामा लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन चलेका छैनन्।

राजमार्गका अधिकाशं पक्की पुल जीर्ण बन्दै

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । नवलपरासीको बहुलाहा, जयश्री, अरुणखोला, डन्डाखोला र लोकाहा खोलाका पुल थोत्रिरहेका छन् ।

बलिया बन्दै स्थानीय तह

संघीय संरचनामा स्थानीय सरकार अधिकारसम्पन्न र बलिया बन्ने गरी सरकारले विधेयक निर्माण अघि बढाएको छ। सत्तारुढ र तराई–मधेसकेन्द्रित दलले स्थानीय सरकारलाई संविधानले दिएको अधिकार बढी भएको भन्दै कटौती गर्नुपर्ने आवाज उठाइरहेका बेला स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने गरी विधेयक मस्यौदा गरिएको हो।

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले केन्द्रीय कार्यालय विराटनगर र सम्पर्क कार्यालय काठमाडौंमा सोमबारबाट तालाबन्दी गरेको छ। आफनो २० बुदेँ माग सम्वोधन नगरेपछि केन्द्रीय कार्यालय, बिराटनगर तथा सम्पर्क कार्यालय, काठमाडौंमा तालाबन्दी गर्नु परेको केन्द्रीय उपाध्यक्ष मदन चुडाँलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्