२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

दलाई लामा भ्रमण गरेको निहुँमा चीनद्वारा मंगोलियामा नाकाबन्दी

मंगोलियाले चीनले आफ्नो देशमाथि नाकाबन्दी गरेको जनाएको छ । दलाई लामाले एक हप्ता अघि मात्र मंगोलियाको भ्रमण गरेका थिए । चीनले अकस्मात गरेको नाकाबन्दीमा यही मुख्य कारण मानिएको छ ।

मह र अम्रिसोले धनी बन्दै धौवादीगाउँ

'मह बेचेरै वर्षमा ७५ हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्छु,' शेरबहादुर सारुमगरले भने। धौवादी–३ पोखरीगाउँका शेरबहादुरको घरमा १५ घार स्थानीय जातका मौरी छन्। १० वर्षअघि उनले चार घारबाट मौरीपालन सुरु गरेका थिए।

देशभरि पाँच स्थानमा कृषि र पशुबजार बन्दै

कृषि तथा पशुजन्य उत्पादन बजार सुनिश्चित गर्न सरकारले ठूला बजार निर्माण सुरु गरेको छ। किसानका उत्पादनलाई सहज बिक्री–वितरणको व्यवस्था मिलाउन सरकारले देशका पाँच स्थानमा क्षेत्रगत आधारमा कृषि, पुष्प र पशुबजार निर्माण अघि बढाएको हो।

घाँटीको गल्बन्दी बन्यो गलपासो

भारत विहार गोरखपुर घर भएका ५८ बर्षीय जयराम यादवको बिहीबार राति दाना बनाउने मेशिनमा काम गर्ने क्रममा गल्बन्दी मेशिनमा बेरिएर दुर्घटना हुँदा मृत्यु भएको हो।

सडकमै कविता वाचन, बन्दलाई अझ कडा बनाउँदै दल

संविधान संशोधनको प्रस्तावको विरोधमा पाल्पाका राजनीतिक दलहरुले सडकमै कविता वाचन गरेका हुन्। प्रदेश नं. ५ विभाजनमा असन्तुष्टि जनाउँदै आएका संयुक्त संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय बन्द गराउँदै सडकमा कविता वाचन गराएको हो ।

रोल्पाको सुलीचौर बन्द,प्युठानमा नमुना जनमत संग्रह

पाँच नम्बर प्रदेशबाट अलग्याउने प्रस्तावका बिरोधमा रोल्पा र प्युठानमा आन्दोलन जारी छ। मंगलबार पनि यि दुबै बजार बन्ददेखि नमुना जनमत संग्रह गरिएका छन्। चार नम्बर प्रदेशमा गाभ्ने प्रस्तावको बिरोधम रोल्पाको सुलीचौर बजार बन्द गरिएकाे छ। दिउँसो १ बजेदेखि बेलुका सम्म सरकारी प्रस्तावको बिरोध गर्दै स्थानीय व्यापारिहरुले स्वस्फुर्त बजार बन्द गराएका हुन्।

कलंकीमा बन्दैछ नेपालकै पहिलो ‘अन्डर पास’ रोड

कलंकी चोकमा रोड क्रस गर्न पैदलयात्रीले प्रयोग गर्दै आएको दुई खम्बे आकाशे पुल (ओभर हेड पेडिस्ट्रियन ब्रिज) अहिले देख्न पाइँदैन। त्यही ठाउँको बीच सडकमा जस्तापातले घेरेर निर्माण कार्य चलिरहेको अहिले देख्न पाइन्छ। र, संभवतः अबको झण्डै डेढ वर्षपछि यहाँ देख्न सकिन्छ– ८ सय मिटर लम्बाइको एक शानदार अन्डरपास रोड। जुन खसिबजारदेखि बाफलसम्मको लम्बाइको हुनेछ।

चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै

प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ ।

रहस्यमय बन्दै बहुमूल्य मूर्ति चोरी

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट मंसिर ११ गते राति हराएका भनिएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये सातवटा फेला परेका छन्। घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मूर्ति चोरिएको उल्लेख छ। सो मुचुल्कामा ६ सय १ सालमा बनेको दत्तात्रयसहितका २८ मूर्ति हराएको देखाइएको छ।

'नाकाबन्दी किन लगाइयाे, सबै नेपाली जानकार छन्'

पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष भीम रावलले अहिले संविधान संशोधन नभएर कार्यान्वयनको समय भएको बताएका छन्। प्रेस चौतारी नेपाल डोटी शाखाले शनिबार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बन्दका क्रममा गुल्मीमा मोटरसाइकल तोडफोड

प्रदेश टुक्राउन लागेको विरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौँथो दिन शनिबार आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।

अर्को बन्दोबस्तको प्रतीक्षा

सबै पक्षबाट अधिकतम संयमको अहिले विकल्प छैन। सम्भि्कनुपर्ने कुरा केमात्र हो भने, विरोधीहरूको संयमलाई सत्तापक्षले कमजोरीको रूपमा अर्थ्याउन थाल्यो भने वित्यास निम्तिन लामो समय लाग्दैन। गुमाउने डर त्यसलाई हुनुपर्छ, जोसँग सबथोक छ।

एमालेसहित चार दलको मोर्चाबन्दी

संसद्मा रहेका चार कम्युनिस्ट पार्टीले संविधान सम्बोधन प्रस्ताव राष्ट्रघाती भएको ठहर गर्दै त्यसलाई असफल बनाउन मोर्चाबन्दी गरेका छन्। नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माले र नेपाल मजदुर किसान पार्टीको संसद्भवन बानेश्वरमा बसेको बैठकले प्रस्ताव असफल बनाउन अन्य दलसँग समेत वार्ता गर्ने निर्णय गरेको छ।

पाल्पा बन्दले जनजीवन प्रभावित

संविधान संशोधनको प्रस्तावमा प्रदेशको सीमाङ्कन हेरफेर भएको भन्दै संयुक्त विद्यार्थी आन्दोलन समितिले आह्वान गरेको बन्दका कारण पाल्पाको जनजीवन प्रभावित भएको छ। जिल्लाबाट छ्ट्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्