बारा–गढिमाई नगरपालिका–१० नितनपुर स्थित श्रीकृष्ण ध्यु फ्याक्ट्रीमा काम गर्ने एकजनाको मृत्यु भएको छ।
भारत विहार गोरखपुर घर भएका ५८ बर्षीय जयराम यादवको बिहीबार राति दाना बनाउने मेशिनमा काम गर्ने क्रममा गल्बन्दी मेशिनमा बेरिएर दुर्घटना हुँदा मृत्यु भएको हो।
गलबन्दी पंखामा बेरिएपछि उनको घाँटी भाँचिएकोले नेश्नल मेडिकल कलेज वीरगंजमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ मंसिर २०७३ ०८:५७ शुक्रबार