३ माघ २०७७ शनिबार
सीके लाल


सीके लालका लेखहरु :

नेपाली कांग्रेसको विवृति

संसदीय निर्वाचनमा खसेको विधिमान्य मतको झन्डै एकतिहाइ हिस्सा ओगट्न सफल नेपाली कांग्रेस संसद्मा सुषुप्त अवस्थामा छ। प्रतिहजार साधारण सदस्यको अनुपातमा सबभन्दा धेरे शास्त्री, आचार्य एवं विद्यावारिधिजस्ता शैक्षिक उपाधि प्राप्त अभिज्ञात विद्वान् पनि नेका पंक्तिभित्रै हुनुपर्छ। सभागारहरूमा तिनको बहस भने कमल थापाका हिन्दुत्ववादी प्रचारकहरूको अधिप्रचारलाई आवर्धन (मैग्नफाइ) गर्ने तहभन्दा माथि कहिल्यै उठ्दैन। नेकपा दोहरोका दुवै अंशभूत दलहरूभन्दा धेरै चिकित्सक, वकिल, अभियन्ता एवं प्राध्यापकहरू अझै पनि आफूलाई ‘प्रजातन्त्रवादी’ भनेर चिनाउन मन पराउँछन्। वैचारिक सम्मेलनहरूमा स्वघोषित प्रगतिशील शिक्षक, पत्रकार एवं स्वास्थ्यकर्मीहरूका आक्रामक तर्कका अगाडि भने तिनको बक पनि फुट्दैन। नेका सिंहदरबारबाट बाहिरिएको धेरै भएको छैन। तर सरकारका संयन्त्रहरूमा प्रमुख प्रतिपक्षको प्रभाव शून्यप्रायः छ।

निर्धाको दैव सहारा

जसको कोही छैन त्यसकालागि सरकार हुनुपर्नेमा पशुपतिनाथको देशमा अझैसम्म पनि ‘निर्बलको बल राम’ मात्र हुने अवस्था विद्यमान छ। भविष्य फेरिने प्रारंम्भिक संकेतसम्म पनि देखिँदैन। बाँच्नका लागि आश नजोगाइ सुख छैन।

धरमर राज्यको सकस

प्राकृतिक आपदा जहिले पनि खबरहरूको खानी (नुज्वर्दी) हुने भएकाले पत्रकारहरूलाई दैविक विपत्ति साह्रै मनपर्ने गर्छ। मानवीय क्लेशका मन छुने कथा लेख्न पाइन्छ। प्रकृतिको निर्दयीपनलाई क्यामरामा कैद गर्न सकिन्छ। कष्ट भोग्नु नपरेकालाई तवाहीको तस्बिरले झक्झकाउनुको साटो आश्वस्त पार्छ।

सर्वेसर्वाको विजयी संकथन

दुई मधेस विद्रोहको आंशिक सफलतापछि राजनीतिक परिदृश्यमा चामत्कारिकरूपले उदाएका सिके राउत पनि पश्चिमा सुटमै सज्जिन रुचाउँछन्। बाहिर देखिँदा गलपोस कहिलेकाहीँ छुटे पनि कमिजमाथि भिर्ने कोट भने उनको कायाबाट गर्मीमा समेत टुट्दैन। कारागर र अदालतको चक्कर लगाउँदासमेत उनी ठाँटिएरै देखा पर्छन्।

राज्यको साखमा गिरावट

लगभग एक वर्षअगाडि नेकपा दोहरोका ‘सुप्रिमो’ अर्थात सर्वेसर्वाले आफ्नो गृह जिल्लालाई ‘सुपर जिल्ला’ घोषणा गरेका थिए। उनको भनाइअनुसार त्यहाँ सुपर आँप र लिच्ची फल्छ। त्यहाँको धान सुपर हो र माछा पनि सुपर। त्यही जिल्लाले काठमाडौँलाई पानी ख्वाउँछ। अनुवंशिक अनुस्मरण (जनेटिक मेमरी) भएका असामका हात्ती त्यहीँ फर्किन खोज्छन्।

सामरिक कसरतको अखडा

गोर्खाली सैनिकहरूबारे कूटनीतिक परामर्श गर्ने निहुँमा वेलायतका मन्त्री आएका छन्। युरोपेली संघको अध्यक्षता गरिरहेको अस्ट्रियाका मन्त्रीको नेपाल भ्रमण पनि पूर्वनिर्धारित छ। चिनियाँहरूको कूटनीतिक अग्रसरता अनौपचारिक तवरबाट हुने गर्छ। त्यसैले त्यसबारेको विस्तृत विवरण सार्वजनिक वृत्तमा बिरलै देखापर्छ।

सैद्धान्तिकीको संकट

दुईतिहाइभन्दा बढी बहुमतका साथ गठित स्वघोषित साम्यवादी दलको सरकारले एक वर्षको कार्यावधि पूरा गरेको छ। बिहानीले दिउँसोको झल्को दिन्छ भन्ने उक्ति पत्याउने हो भने तिनै तहको सरकारमा लगभग एकल वर्चस्व कायम गरेको नेकपा दोहोरो दलको कार्यसम्पादन पटक्कै आशलाग्दो देखिँदैन। आयात बेपत्ता बढेकाले शोधनान्तर घाटा उकालो लागेको छ।

मध्यमार्गको मिथक

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा भाग लिन आफ्ना दरबारिया, भित्रिया एवं भृत्यतन्त्रका (अफिसल्डम) सहयोगीहरूको दलबलका साथ स्विट्जरल्यान्डको डाभोस भन्ने रमणीय बस्तीमा छन्। देशभित्र भने सरकार प्रमुखको अग्रसरता एवं नेतृत्वबेगर समाधान हुन नसक्ने समस्याको फेहरिस्त लामो छ। केही दिनअगाडिसम्म महत्वपूर्ण राजनीतिक मुद्दाहरूमा सत्ताधारीहरूको सहयोगीसरह व्यवहार गरिरहेको नाममात्रको प्रतिपक्षी दल नेपाली कांग्रेस सदन अवरुद्ध गर्ने अवस्थामा पुगेको छ।

निरर्थकताको रंगमंच

नेपाली अर्थराजनीतिको निर्णायक शक्ति अदालत हो भन्ने कुरामा कसैलाई शंका छैन। संसद्का नेताले नयाँ जनादेशका लागि जनतामा जान्छु भन्दै विघटन गर्न लगाएको विधायिकालाई अदालतले स्वेच्छाचारीतवरले ब्युउँताउन सक्छ। उस्तै मुद्दामा फेरि त्यसको ठ्याक्कै उल्टो निर्णय पनि लिन सक्छ। अदालतको आदेश बेवास्ता गर्ने आँट तत्कालीन कार्यकारी सर्वेसर्वा एवं मन्त्रीमण्डलका अध्यक्ष ज्ञानेन्द्रले समेत जुटाउन सकेका थिएनन्। सर्वोच्चका तालुकवाल हाकिम केदार गिरीले (सन् १९४४–२०१८) अध्यक्ष ज्ञानेन्द्रको शाही आयोगलाई अवैधानिक घोषणा गरिदिएका थिए।

पूर्ण पराजयको स्वीकार्यता

जनकपुरको वातावरण (एम्बिअन्स) आजभोलि छोरी अन्माएको घर जस्तो छ।  कुनै ठूलो अनुष्ठान सम्पन्न गरेको सन्तुष्टि एवं थकान एकसाथ महसुस हुने मनोभाव सहरमा व्याप्त छ। विवाह पञ्चमीको रमझम समाप्त भइसकेकाले सहरका सडकहरू सुनसान देखिन्छन्। उपमहानगरपालिकाका सफाइ कर्मचारीलाई तीर्थालुले छाडेर गएको फोहोर सोहोर्न भ्याइ/नभ्याइ छ।

परिधीय पुँजीवादको गति

विराटनगर अझैंसम्म पनि अस्तब्यस्त देखिन्छ। सडक चौडा गर्ने अभियानबाट नेपालका कुनै पनि गामबस्ती मुक्त छैनन्। ठूला सहरहरूलाई भने बाटो विस्तारको रोगले अलि बढी नै च्यापेको छ। राजमार्गमा समेत थप पथ विथिका (ड्राइभिङ लेन) निर्माण गर्ने लालसाले गर्दा सामान्य पैदल यात्रुहरू घरबाट निस्कनसमेत असुरक्षित हुने अवस्था छ।

अनिश्चितताको भुमरी

जलेश्वरको रूपरंग दशकौंदेखि जस्ताको त्यस्तै छ। लगभग दुई दशकदेखि ‘निर्माणाधीन’ १५ किमी लामो जनकपुर–जलेश्वर सडकको अवस्था अहिले पनि खासै सुध्रिएको छैन। सन् १९९० दशकमा माओवादीको भयलाई देखाएर काम गरिएन। सन् २००१ पछि संकटकालले गर्दा सरकारका प्राथमिकता फेरिए। त्यसपछि मधेस आन्दोलनलाई दोष दिँदै काम बन्द भयो।

विश्वसनीयताको स्खलन

कुनैबेला माओवादी सर्वेसर्वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने नाम उच्चारण हुनासाथ सन्त्रास फैलिने गथ्र्याे । समर्थकहरू अब के/कस्तो निर्देशन आउने हो भने अपेक्षामा सतर्क हुन्थे ।

अचेतन प्रतिपक्ष

मनोवैज्ञानिकरूपले अस्थिर एवं चिन्तोन्मादले ग्रसित व्यक्तिहरूमा रोगभ्रम (हाइपकोन्ड्रिया) देखिने गर्छ । यो आफैंमा चिन्ताजनित व्यग्रता मात्र भएकाले उपचार सहज हुँदैन । केही चिकित्सक चित्तस्थिर बनाउने औषधी प्रयोग गर्न सुझाउँछन्।

प्रियतावादी राष्ट्रवादको प्रकोप

सेप्टेम्बर महिनाको तेस्रो साता वीरगञ्ज सामान्यजस्तै देखिनु असामान्यजस्तै लाग्छ । असोज ३ का दिन पनि सहरमा सवारी चालकहरूको हडताल जारी छ । त्यसैले मूल बाटोमा समेत गाडीको चाप न्यून छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्