३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

काठमाडौं–सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले केन्द्रीय कार्यालय विराटनगर र सम्पर्क कार्यालय काठमाडौंमा सोमबारबाट तालाबन्दी गरेको छ।
आफनो २० बुदेँ माग सम्वोधन नगरेपछि केन्द्रीय कार्यालय, बिराटनगर तथा सम्पर्क कार्यालय, काठमाडौंमा तालाबन्दी गर्नु परेको केन्द्रीय उपाध्यक्ष मदन चुडाँलले जानकारी दिए।
‘विश्वविद्यालय सुधार तथा त्यहाँ भइरहेको आर्थिक अनियमिततालाई नियन्त्रण तथा पठनपाठन व्यवस्थित गर्नुपर्ने लगायतका मागसहित हाम्रो संगठनले दुई महिना अघि माग पत्र पेश गरेको थियो,’ विश्वबिद्यालय इन्चार्जसमेत रहेका चुडाँलले भने, ‘तर, त्यस मागमा संवेदनशील नभई अझ व्येवास्ता पछि बाध्य भएर आजबाट तालाबन्दी गरेका हौं।’

गत भदौ ३० गते तत्काल स्ववियू निर्वाचनको घोषणा, भूकम्प पीडित विद्यार्थीलाई छात्राबृत्ति, सम्बन्धन शुल्क लगायतका २० बुँदे माग राख्दै विश्वविद्यालय नेतृत्वलाई बुझाएको थियो। तर, तीन महिना लाग्दा पनि उक्त मागमा कुनै सुनवाई नभएपछि उक्त तालाबन्दी गरिएको चुडाँलको भनाइ छ।  
 
 

प्रकाशित: २७ मंसिर २०७३ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App