४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विपन्न वर्ग राहतबाट विमुख, सांसदलाई उपचार खर्च

विपन्न तथा गरिब लक्षित राहतबाट सम्बन्धित पक्ष वञ्चित हुने तर सांसद र सम्पन्न व्यक्तिलाई उपचार खर्चबापत सरकारले आर्थिक सहयोग गर्नु विडम्बना भएको सीता सदा बताउँछिन्।

ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ मजदुर युनियनको प्रदर्शनः सामाजिक सुरक्षा ऐन लागू गर्न माग

सामाजिक सुरक्षा ऐन लागू गर्न दबाब दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ।

नेताका नाममा खोलिएका प्रतिष्ठानहरुको नाम फेर्न सरकारको ध्यानाकर्षण

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद सुवालले समाज संस्कृति नभएसम्म कांग्रेस र कम्युनिस्ट नेताहरुको नाममा खोलिइएका प्रतिष्ठान स्थापनाको उद्देश्य पूरा नहुने बताउँदै नेताका नाममा खोलिएका प्रतिष्ठानको नाम बदल्न ध्यानाकर्षण गरेका हुन्।

बागलुङको निसीखोलामा लडेर एक मजदुरको मृत्यु

निसीखोला गाउँपालिकामा खानेपानीको पाईप जोड्ने बेलामा लडेर बिहीबार दिउँसो मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

कोरियाका राजदूत मान र विजुक्छेंबीच भेट

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले बिहीबार भेट गरेका छन्।

भागबण्डामा न्यायाधीश नियुक्ति गर्दाको परिणाम : बिजुक्छें

उनले ल्याटिन अमेरिकी छाया अदालतमा परेको संकेत गर्दै सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्नु, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियक्तिका लागि परमादेश दिनुलाई संसदको सर्वोच्चता माथिको आक्रमण भएको बताए।

संसद पुनः स्थापनाले बढ्यो सांसद खरीदबिक्रीको जोखिम : नेमकिपा

‘संसद पुनस्थापनासँगै आगामी दिनमा पुनः सांसद खरिद बिक्रीको जोखिम बढेको छ।’ उनले नयाँ बन्ने सरकारले पनि देश र जनताको हितमा बजेट पेश गर्ने सम्भावना नरहेको समेत प्रष्ट्याए।

हुलास वायर र तुलसी मोटरमा मजदुर आन्दोलन

श्रम ऐनअन्तर्गतको सेवा सुविधाको माग गर्दै हुलास वायरका सात सय मजदुर आन्दोलित भएका हुन्। १० वर्षदेखि काम गर्दै आएका ९३ मजुदरलाई मंगलबार हुलास वायरले निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको बताएका छन्। उद्योगमा बुधबार काम गर्न जाँदा निष्कासनमा परेका मजुदरले प्रवेश पाएनन्।

फेरि भारत फर्किँदै नेपाली मजदुर

भारतमा निषेधाज्ञाका कारण दुई महिनाअघि स्वदेश फिरेका नेपाली पुनः भारत फर्केका छन् । स्वदेशमा रोजगारी नभएको भन्दै गौरीफन्टा र बनबासा नाकाबाट दैनिक हजारौं नेपाली भारत फर्कन थालेका हुन्।

हुलास वायर र तुलसी मोटरका मजदुर आन्दोलनमा

उद्योगमा बुधबार काम गर्न जाँदा निष्कासनमा परेका मजुदरले प्रवेश पाएनन्। ६ महिना काम गरेपछि स्वतः नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा पाउनुपर्ने सरकारी नियम हुँदाहुँदै केही नदिई निष्कासन गरेको मजदुरहरु बताउँछन् ।

सार्वजनिक यातायात मजदुरलाई खोप देऊ

सार्वजनिक यातायात क्षेत्रका तीनवटै मजदुर संगठनले मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई भेटी सार्वजनिक यातायातमा कार्यरत मजदुरलाई तुरुन्तै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।

स्वास्थ्य सामाग्री बोकेर मजदुर किसान पार्टीका सचिव जुम्लामा

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल स्वास्थ्य सामाग्री बोकेर जुम्ला पुगेका छन्। उनी चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामाग्री बोकेर जुम्ला आइपुगेका हुन्।

चीनमा खानी दुर्घटना : ११ मजदुरको मृत्यु

खानीभित्र थुनिएका मजदुर रहेको स्थानबाट पानी बाहिर निकालिएको पनि उक्त कार्यालयले जनाएको छ। खानीको हिलो र माटोमा पुरिएको आशंका गरिएका अरु तीन जना मजदुरको खोजी जारी रहेको छ।

पैसाको निम्ति डाक्टर बनेकाहरु युद्धको बेला भाग्ने सिपाहीँजस्ता: बिजुक्छेँ

‘नगरपालिकाको आह्वानकै भरमा करोडौंको रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास कायम रहेको भन्ने हो, यसैले पैसा कमाउन डाक्टर बन्नेहरूले यस्तो महामारीमा बिरामीको सेवा गर्दैनन्।’

कोभिड–१९ः ११ लाख यातायात मजदुरको बिचल्ली

कोभिड–१९ को दोस्रो लहरले सार्वजनिक यातायात क्षेत्रका ११ लाखभन्दा धेरै मजदुर बिचल्लीमा परेका छन्। सरकारले गत वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञाले सार्वजनिक यातायातका साधनमा काम गर्ने ११ लाखभन्दा धेरै मजदुर प्रत्यक्ष प्रभावित भएका हुन्। पहिलो लहरको कोभिड–१९ को कारण झण्डै ६ महिना थिल्थिलो परेको यातायात क्षेत्र दोस्रो लहरले पनि झण्डै डेढ महिनादेखि ठप्प छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्