४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हुलास वायर र तुलसी मोटरका मजदुर आन्दोलनमा

मोरङका दुई उद्योगमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। उद्योगले विना कारण निष्कासन गरेपछि मजुदरहरु आन्दोलनमा उत्रिएका हुन्।

बुढीगंगा गाउँपालिका–३ मा रहेको हुलास वायर इण्डष्ट्रिज र विराटनगर–१९ मा रहेको तुलसी मोटर पम्पका मजुदरले श्रम ऐनअन्तर्गतको सेवा सुविधा दिनुपर्ने लगायतको माग राख्दै आन्दोलन थालेका हुन्।

हुलास वायरका ९३ जना र तुलसी मोटरका २४ जना मजदुरलाई विनाकारण निष्कासन गरेको भन्दै दुबै उद्योगका मजदुर आन्दोलित भएका हुन्। श्रम ऐनअन्तर्गतको सेवा सुविधाको माग गर्दै हुलास वायरका ७ सय मजदुर आन्दोलित भएका हुन्।

१० वर्षदेखि काम गर्दै आएका ९३ जना मजुदरलाई मंगलबार हुलास वायरले निष्कासन गरेपछि आन्दोलन गर्नु परेको बताएका छन्। उद्योगमा बुधबार काम गर्न जाँदा निष्कासनमा परेका मजुदरले प्रवेश पाएनन्। ६ महिना काम गरेपछि स्वतः नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा पाउनुपर्ने सरकारी नियम हुँदाहुँदै केही नदिई निष्कासन गरेको मजदुरहरु बताउँछन् । यहाँ १० वर्षदेखि काम गर्दै आएका मजदुरलाई सरकारले तोकेअनुसारको सेवा सुविधा दिइएको छैन।  

हुलास वायरका आन्दोलनरत मजदुरले सरकारले तोकेको सेवा सुविधासहित निष्कासनमा परेका मजदुरलाई पुनः रोजगारी दिनुपर्ने माग राखेका छन्।  

त्यसैगरी, तुलसी मोटर पम्प उद्योगले श्रम ऐनले तोकेभन्दा कम पारिश्रमिक दिएको र त्यहाँ कार्यरत मजदुलाई विगत दुई महिनादेखि काम नदिएकाले आन्दोलन गर्नु परेको बताएका छन्।  

तुलसी मोटर पम्प उद्योगमा मजदुरले ट्रेड युनियन गठन गर्न खोजेपछि उनीहरुलाई २ महिनादेखि काम नदिएको मजदुर संजयकुमार चौधरीले बताए। मजदुरहरुलाई काम गर्न नदिएपछि श्रम कार्यालय विराटनगरमा उनीहरुले उजुरी दिएका थिए।

उजुरी दिएपछि श्रम कार्यालयले काम नदिएका कर्मचारीलाई तत्काल काम दिन र हटाइएका कर्मचारीहरुलाई पुनर्वहाली गरी यथास्थानमा काम गर्न गराउन पत्राचार गरे पनि व्यवस्थापन पक्षले भने बेवास्ता गरेको आरोप लगाएका छन्।  

‘यहाँ ४ वर्षदेखि काम गर्दै आएको छु,’ मजदुर चौधरीले भने, ‘यहाँ कार्यरत मजदुरमध्ये २४ जना मिलेर टे«ड युनियन कांग्रेस श्रम कार्यालयमा दर्ता गर्यौं। युनियन दर्ता गरेको निहुँमा हामीलाई विभिन्न प्रकारका दबाब दिँदै गेटबाट प्रवेश दिइएको छैन।’ २÷३ महिनादेखि कामबाट वञ्चित गरेपछि पुनः रोजगारी दिनुपर्ने र श्रम ऐनअनुसारको तलब सेवा सुविधा  दिनुपर्ने माग राख्दै ५ दिनदेखि आन्दोलन गरेको हो।

श्रम कार्यालयले उद्योगका नाम दिइएको पत्रको व्यवस्थापन पक्षले सुनुवाइ गरेको छैन, चौधरीले भने ।  

उद्योगमा कार्यरत ७७ जना मजदुरमध्ये २४ जनाले आन्दोलन गरेका हुन्। उद्योगको गेटमा धर्नामा बसेका मजदुरलाई प्रहरी प्रशासनले जबरजस्ती हटाएको थियो। आन्दोलनरत मजदुरको माग पूरा नभएसम्म धर्नामा बस्ने बताएका छन्। तुलसी मोटर पम्पसहित शिखर अर्गनाइजेशन प्रालि र नटराज एग्रो प्रालि सञ्चालनमा रहेका छन्। 

प्रकाशित: २४ असार २०७८ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App