७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेताका नाममा खोलिएका प्रतिष्ठानहरुको नाम फेर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेताका नाममा खोलिएका प्रतिष्ठानहरुको नाम फेर्न सरकारको ध्यानाकर्षण गरेका छन्। शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद सुवालले समाज संस्कृति नभएसम्म कांग्रेस र कम्युनिस्ट नेताहरुको नाममा खोलिइएका प्रतिष्ठान स्थापनाको उद्देश्य पूरा नहुने बताउँदै नेताका नाममा खोलिएका प्रतिष्ठानको नाम बदल्न ध्यानाकर्षण गरेका हुन्। उनले भने, ‘नेताहरुका नामका प्रतिष्ठानहरुको नाम परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।’

सांसद सुवालले वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय, गणेशमानसिंह प्रतिष्ठान मनमोहनका नाममा खोलेका प्रतिष्ठानले पनि नामअनुसारको काम नगरेको उल्लेख गरे। उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार र अनियमिमता कारण प्रतिष्ठानको मात्र नभई बीपी कोइरालाको समेत बदनाम भएको उल्लेख गर्दै प्रतिष्ठान सबैभन्दा बढी हडताल, धर्ना र तालाबन्दी हुनेमा परेको बताए। 

प्रकाशित: २९ श्रावण २०७८ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App