७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ मजदुर युनियनको प्रदर्शनः सामाजिक सुरक्षा ऐन लागू गर्न माग

सामाजिक सुरक्षा ऐन लागू गर्न दबाब दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ।

आइतबार बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षा नकाटेको भन्दै बबरमहलस्थित नागरिक उड्ड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो।  

युनियनले बारम्बार मजदुरको सामाजिक सुरक्षा भत्ता काट्नुपर्छ भनेर पत्र काट्दा नागरिक उड्डयन प्राधिकरण र त्यस अन्तर्गतको सिभिल इन्जिनियरिङ शाखाले जुन ठेकेदारले श्रमिकको सामाजिक सुरक्षा भत्ता काट्दैन त्यही ठेकेदारलाई ठेक्का दिने गरेपछि बाध्य भएर प्रदर्शनमा उत्रिएको बताएको छ। युनियनका केन्द्रीय कमिटी अध्यक्ष सुमनप्रसाद पराजुलीले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरिरहेकोले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रनु परेको बताए।

उनले यो मुद्दालाई अन्तर्राष्ट्रिय आयोगमा पनि सुनुवाइका लागि मुद्दा हाल्ने चेतावनी दिए। 

प्रकाशित: ३१ श्रावण २०७८ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App