४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हत्या आरोपित भारतीय युवा आठ महिनापछि पक्राउ

भारतीय युवकको हत्या गर्ने एक भारतीय युवकलाई सर्लाही प्रहरीले आठ महिनापछि पक्राउ गरेको छ। सर्लाहीको हरिवन नगरपालिका–४ स्थित लखनदेही नदीको पुलमुनि एक भारतीय युवकको हत्या भएको थियो।

रामहरि श्रेष्ठको परिवारसँग गृहमन्त्रीले भने: राजनीतिक दल हेरेर अपराधीलाई उन्मुक्ति दिन्न

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्।

म्याद थप गराउन लगिएको आरोपित हतकडीसहित फरार

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको एक आरोपित जिल्ला सरकारी वकिलको कार्यालय अगाडिबाट हतकडीसहित फरार भएका छन्।

मुगु हत्या घटना : पक्राउ परेका आरोपित दुई जना सार्वजनिक

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका १ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराजबहादुर शाही र छायानाथ रारा ६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन्।

बलात्कार आरोपित दुई जना कराँतेका प्रशिक्षक दोषी ठहर

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । कराँतेका प्रशिक्षकहरू विराटनगर –४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको कात्तिक १५ गतेको इजलासले दोषी ठहर गरेको हो।

कैदी मृत्यु प्रकरण: १५ जना कारागार चलान

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

विस्फोटका घटनामा संलग्न आरोपित पक्राउ

रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘भिआइपी’ आरोपितको प्रतिरक्षामा ‘हाई प्रोफाइल’ वकिल

नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गतका मुद्दामा जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस सुरू भएको छ।

‘प्रेम प्रस्ताव इन्कार गर्दा युवतीको हत्या’

हत्यापछि आरोपित शैलेन्द्र चौधरी फरार छन्। मृतकका परिवारले चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी २९ गते नै दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्तीमगरले बताए।

आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरूकै नाम जोडिएपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरू सक्रिय भएका छन्।

दुई फरार कसुरदार पक्राउ

पक्राउ पर्नेमागुलरिया नगरपालिका–११ का राजेन्द्र प्रसाद कुर्मी र बाँसगढी नगरपालिका–६ का सुदिप गुरुङ रहेका छन्।

म्याग्दीमा सामूहिक बलात्कारका तीन आरोपित पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बरहथवाका वडाध्यक्ष पक्राउ

बैशाख २५ गते बरथवा नपा ३ भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर ३० एस ९२४५ नम्बरको भारतीय मोटरसाइकलले स्थानीय चार वर्षीय बालक आदित्य महतोलाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो।

हत्या आरोपित १७ वर्षपछि पक्राउ

प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए। आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

बलात्कार आरोपित पक्राउ

एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्